मुम्बई । बलिउडकी एक हिरोइनको मृत अवस्थामा शौचालयमा फेला परेकी छिन् । फ्ल्याट भाडामा लिएर बस्दै आएकी अभिनेत्री शिखा जोशी (४०) को शव आइतबार शौचालयमा फेला परेको वर्सोवा थानाका जाँच अधिकारीले जनाएका छन् ।
उनको घाँटीमा चक्कुले हानेको घाउ भेटिएको र उनी रगतले लतपतिएको अवस्थामा फेला परेकी थिईन् । प्रहरीका अनुसार हिरोइनको शिखाको हत्या भएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार शिखाको रुम पार्टनरले जब ढाका खोल्न आवाज दिए । निकै बेरसम्म खुलेन । निकै बेर कुर्दा पनि नखोलेपछि जबरजस्ती ढोका खोल्दा उनी मृत फेला परिन । उनको घाटीमा धारिलो चक्कु हानिएको थियो ।
शिखाका रुमपार्टनरले उनलाई त्यस्तो अवस्थामा देखेपछि तुरुन्त कोकिलाबेन अम्बानी अस्पताल लगेका थिए । जहाँ उनलाई मृत घोषित गरियो । त्यसपछि यो घटनामा प्रहरीले अनुसन्धान थालेको छ ।
प्रारम्भिक रिपोर्ट अनुसार कसैको मानसिक पीडामा उनी रहेकी थिईन् । हिरोइन जोशीको १९ वर्षीय छोरी दिल्लीमा बस्दै आएकी छिन् । यसअघि उनले ‘बीए पास’ नामक चलचित्रमा अभिनय गरिसकेकी छिन् । एजेन्सी















प्रतिक्रिया