३० आश्विन २०८३, शुक्रबार

आकृतिको भूकम्पबारे मनै रुवाउँने गीत (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– यमबहादुर बम
धनगढी । गायिका आकृति आचार्यले विनाशकारी भूकम्पको दुःखपीडा र क्षति समेटिएको दर्दनाक म्यूजिक भिडियो ल्याएकी छिन् ।

भूकम्पपछि नेपालको दर्दनाक परिस्थिति र आगामी अठोटलाई लिएर विभिन्न सर्जकले म्युजिक भिडियो निर्माण गरिरहेका बेला अष्ट्रेलियामा बस्दै आएकी आकृतिले पनि भूकम्पले पुर्याएको क्षतिलाई लिएर एउटा म्यूजिक भिडियो ल्याएकी हुन् ।

‘किन यति निर्दयी भयो दैब पनि आज…’ नामक गीतमा स्वंम आकृति, आनन्द कार्की, सरोज केसी, सूर्य चन्द, मन्दिरा ढुंगेल, बिष्णु अधिकारी र बिजय थापा को स्वर रहेको छ । शिखर सन्तोषको संगीत रहेको रहेको छ ।

डा. भोला रिजाल, राजेन्द्र थापा, मनोज लामिछानेले रचना गरेको गीतको रेकर्डिङ ओपल स्टुडियो अनामनगरमा गरिएको हो ।

म्युजिक भिडियो छायांकनमा अस्ट्रेलियाबाट ग्यानोन श्रेष्ठ तथा नेपालबाट सुरेन्द्र श्रेष्ठ रहेका छन्, भने इडिट टेकेन्द्र शाहले गरेका हुन् ।

विदेशमा बसेर पनि नेपालमा भएको पीडालाई संगीतमार्फत उजागर गर्ने उद्देश्यले म्युजिक भिडियो तयार पारिएको गायिका आकृति बताउँछिन् । उनका अनुसार शनिबार मात्रै यो म्युजिक भिडियो युटुबमा राखिएको छ । यो समाचार तयार पारुन्जेलसम्म सो भिडियो साढे छ हजारले हेरिसकेका छन् ।

विनाशकारी भूूकम्पले अतुलनिय क्षति भएको बेला आफू गायिका भएकोले दुःखद घडीलाई आवाज मार्फत व्यक्त गर्दै दर्शक, श्रोता माझ ल्याएको बताइन् ।

किन यति निर्दयी भयो दैब पनि आज
बैशाख को १२ गते १२ बजे माझ
भुई काप्न थाल्यो, मुटु रुक्नै थाल्यो
हेर्दा हेर्दै गाउँ शहर पछारेर ढाल्यो
भुकम्प ले कोहि पनि छोडेन आज
धरोहर सम्पदा बाकी राखेन आज..

कसै को आमा छैनन्, कसै को बाबा
लालाबाला बालक पनि सबै टाढा टाढा
धन को त के कुरा ज्यानै नरहे
पोख्ने कसलाई दुख अब दैब भए टाडा…
भयानकै भो जलन चाहियो मलम
आयो विपति लग्यो जनधन सम्पति
हातेमालो अंगालो फेरी आउछ उज्यालो
मिल्दैछ सबको साथ
सास रहे सम्म आश…