२०७२ बैशाख १२ गते शनिबार मध्यान्ह ११ः५५ बजे गएको महाभुकम्पबाट देशले ठूलो क्षति ब्यहोरेको छ । राजधानी काठमाडौँ लगायतका स्थानहरुमा भूकम्पले अरबौंको जनधनको क्षति पारेको छ । धेरै आधुनिक घर, अपार्ट्मेन्टहरु पनि चर्केका र ढलेका छन्। आज मैले केही क्षति भएका घर एवम् अपार्ट्मेन्टहरुको वास्तु स्थिति बुझ्दा नागको शिरको विचार नगरेको देखियो, जसलाई वास्तु शास्त्र एकदमै अशुभ मान्दछ।

हामीकहाँ वास्तुशास्त्र प्राचिनकालदेखि गृह निर्माणको मार्गरेखक बन्दै आएको छ । वास्तुशास्त्रलाई आधारमानी निर्माण शुभारम्भ गरेमा दुःख, अझ अनावश्यक दुःखबाट छुट्कारा पाइन्छ। आजकाल मानिसहरूमा वास्तुशास्त्र सम्बन्धी चेतना बढेको र नेपालमा पनि वास्तुशास्त्र अनुसार घर, कर्पोरेट हाउस, हाउजिङ आदिको निर्माण गर्ने प्रचलन बढ्दै गएको पाइन्छ । तर घरको जग हाल्दा विचार गर्नुपर्ने नागको शिरलाई चाँहि खासै विचार गर्ने गरेको देखिँदैन। वास्तुशास्त्र अनुसार नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ। नागको शिरमा खन्दा आफुलाई पीडा, पछाडि खन्दा छोरा र पत्नीलाई दुःख, जाँघमा खन्दा अनावश्यक व्यय हुने, पेटमा खन्दा सर्वत्र सफलता पाइन्छ। नागको शिर भाद्र आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमा दक्षिण। फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तरमा हुन्छ। नाग खुशी हुँदा संरक्षण दिन्छन, रिसाउँदा घरै पल्टाउन पनि सक्छन्। त्यसैले हरेक घरको जग हाल्दा नागको शिरको विचार पुर्याउनु पर्छ।













प्रतिक्रिया