१५ कार्तिक २०८३, आइतबार

भूकम्पको निशानामा दोलखा, आज मात्रै चारवटा कम्पन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Charikot-dolakhaकाठमाडौं, १ जेठ । गत वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर आएको भूकम्पले दोलखामा केन्द्रविन्दु सारेको छ । मंगलबारको भूकम्पपनि दोलखालाई मूख्य केन्द्रविन्दु बनाएर आएको थियो । बुधबार विहीबारका भूकम्पका कम्पनहरुले पनि दोलखा मै बढी केन्द्रविन्दु बनाएका थिए ।

भूकम्प मापन केन्द्रका अनुसार आज गएका पाँचवटा भूकम्प मध्ये चार वटा दोलखा केन्द्रविन्दु भएर आएका छन् । यो तथ्याङ्क हेर्दा भूकम्पविद्हरुको नजरमा दोलखा भूकम्पको निशाना बनेको छ ।

भूकम्प मापन केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले शुक्रबार दोलखामा चार वटा भूकम्पले केन्द्रविन्दु बनाएको जानकारी दिनुभयो । उहाँको विचारमा भूकम्पले गोरखापछि दोलखालाई केन्द्रविन्दु बनाएको छ ।

भूकम्पले दोलखालाई निशानामा राखेपछि स्थानीय थप त्रसित भएका छन् । भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार पाँचौं भूकम्प ३ बजेर ३८ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर ४.१ रेक्टर स्केलको कम्पन भएको छ ।

पहिलो भूकम्प विहान ३ बजेर ९ मिनेटमा दोलखालाई नै केन्द्रविन्दु ४.५ रेक्टर स्केलमा कम्पन भएको थियो । त्यस्तै, दोस्रो विहान ४ बजेर ५ मिनेटमा दोलखालाई नै केन्द्रविन्दु बनाएर ४.३ रेक्टर स्केलमा कम्पन भएको थियो ।

तेस्रो भूकम्प ७ बजेर २७ मिनेटमा धादिङलाई केन्द्रविन्दु बनाएर ५.५ रेक्टर स्केलमा कम्पन भएको थियो । भने, चौथो भूकम्प १० बजेर ५१ मिनेटमा दोलखालाई नै केन्द्रविन्दु बनाएर ४.० रेक्टर स्केलमा कम्पन भएको थियो ।

भूकम्प मापन केन्द्रको यो तथ्याङ्कबाट गोरखापछि केन्द्रविन्दुको धार दोलखामा परेको छ । मंगलबारको भूकम्पबाट दोलखामा मृत्यु हुने संख्या सय पुगिसकेको छ । भूकम्प मापन केन्द्रका भूकम्पविद भट्टराईका अनुसार हालसम्म ४ रेक्टर स्केलमाथिका २२९ वटा भूकम्प कम्पन भएको छ ।

४ रेक्टर स्केलभन्दा तलका हजारौं भूकम्पको कम्पन भइसकेको र मापन गरिरहेको भूकम्पविद भट्टराईले जानकारी दिनुभयो । ‘विज्ञानलाई हेर्दा सामान्य तया विस्तारै विस्तारै पराकम्पन घट्नुपर्ने हो । तर, कहिले काँही पृथ्वीमा हुने उतार चढावले आइरहने क्रम जारी हुन्छ ।’