१५ कार्तिक २०८३, आइतबार

भूकम्पबाट मृत्यु हुनेको संख्या ८ हजार ४६० पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

A collapse hotel and lodge buildings can be seenकाठमाडौँ, १ जेठ । गत वैशाख १२ गते र २९ गते गएका भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या आठ हजार ४६० पुगेको छ ।

गृह मन्त्रालयले केहीबेर अगाडि उपलब्ध गराएको जानकारीअनुसार वैशाख १२ गतेको भूकम्पबाट हालसम्म आठ हजार ३४३ जनाको मृत्यु भएको छ भने वैशाख २९ गतेको भूकम्पका कारण ११७ जनाको मृत्यु भएको छ ।

हालसम्म वैशाख २९ को भूकम्पका कारण घाइते हुनेमध्ये चार हजार ५७१ जना र २९ गतेको भूकम्पका कारण घाइते भएका एक हजार ७०० जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

मृतकमध्ये हालसम्म आठ हजार ३९९ जनाको शव आफन्तलाई बुझाई सकिएको छ । रासस