५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितका लागि प्रेस चौतारी बाँकेद्धारा राहत संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Press-chautari-Nepal
नेपालगन्ज, १ जेठ । प्रेस चौतारी बाँकेले भूकम्प पीडितको सहयोगका लागि राहत संकलन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको बैठकले चौतारी आबद्ध सदस्यहरुबाट आन्तरिकरुपमा सहयोग संकलन गर्ने निर्णय गरेको हो ।

राहत संकलन समेत सुरु भइसकेको छ । यस्तै प्रेस चौतारी बाँकेले भूकम्पका कारण ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै घाइतेहरुको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ ।

बैठकमा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र काफ्ले, चौतारी बाँकेका सल्लाहकार एवं पूर्व अध्यक्ष ठाकुरसिंह थारु, एमाले बाँकेका कार्यसमिति सदस्य कमल बस्नेत, बिद्यार्थी नेतृ दिपा शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका कोषाध्यक्ष बिश्वराज पछलग्यां, चौतारी बाँकेका सह–सचिब कमल डाँगी, कार्यसमिति सदस्य सरला सुबेदी लगायतले रकम संकलन गरेका छन् ।

अध्यक्ष बस्नेतका अनुसार, राहत सहयोगका लागि चौतारी आबद्ध पत्रकारहरुलाई आह्वान गरिएको छ । आन्तरिक रुपमा सहयोग संकलन गरी उक्त सहयोग प्रेस चौतारी नेपालको केन्द्रिय कार्यालयमा हस्तान्तरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिएका छन् ।