
काठमाडौँ, १ जेठ । अमेरिकी सेनाको हराइरहेको हेलिकप्टर दोलखामा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको छ ।
मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको यूएच १ हुएइ हेलिकप्टर शुक्रबार दोलखा जिल्लाको कालिञ्चोक र गार्थलीबीचको तिनधुरे डाँडामा दुर्घटनाग्रस्त अबस्थामा भटिएको सैनिक जनसम्पर्क निर्देशनालय स्रोतले जनाएको छ ।
शक्तिशाली भूकम्पपछि उद्दार तथा राहतका लागि गएको हेलिकप्टर मंगलबार सबा ३ बजेपछि बेपत्ता भएको थियो । हेलिकप्टरमा दुई नेपाली सैनिक र ६ अमेरिकी थिए । कालिञ्चोकका स्थानीय बासिन्दाले टुक्रा-टुक्रा परेको अबस्थामा हेलिकप्टर र शव भेटिएको खबर शुक्रबार दोलखा प्रहरीलाई गरेका थिए ।
समुद्री सतहदेखि ११ हजार २ सय फिट माथिको तीनधुरे डाँडाको निगालो घारीमा दुर्घटनाग्रस्त अबस्थामा भेटिएको हेलिकप्टरका पखेटाबाहेक सबै जलेको छ । चार दिनसम्म पनि हेलिकप्टर नभेटिँदा विभिन्न अड्कलबाजीहरु गरिएका थिए ।















प्रतिक्रिया