५ कार्तिक २०८३, बिहिबार

बेलायतको ‘पेन्नी अपील’को सहयोगमा राहत बाँड्दै कांग्रेस सांसद कौसर शाह

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat bitaranकाठमाडौ, ३१ बैशाख । भूकम्पका कारण प्रभावित काठमाडौंको तारकेश्वर नगरपालिकामा नेपाली कांग्रेसकी सभाषद कौसर शाहको नेतृत्वमा राहत वितरण गरिएको छ । तारकेश्वर नगरपालिका साङ्लास्थित कठेरी र जागतका १ सय ५० घरपरिवारलाई राहत स्वरुप खाद्य समाग्री हस्तान्तरण गरिएको हो ।

सभाषद शाहको पहलमा ‘पेन्नी अपिल’ नामक बेलायती संस्थाले उपलब्ध गराएको राहत सामाग्री विहीबार वितरण गरिएको हो । पेन्नी अपिलका प्रतिनिधी, सभाषद कौसर शाह र काठमाडौं क्षेत्र नम्बर ६ का सभापति न्हुच्छेनारायण मानन्धरले प्रभावित क्षेत्रमै पुगेर १ सय ५० परिवारलाई राहत वितरण गरेका हुन् । राहतस्वरुप पीडितलाई प्रति परिवार २० किलो चामल, दाल, चिनी, साबुन, सोयाबिन, पाउडर दुध, तेल लगायतका सामग्री वितरण गरिएको क्षेत्र नम्बर ६ का कांग्रेस सभापति मानन्धरले जानकारी दिए ।

सभाषद कौसर शाहका अनुसार बेलायती सामाजिक संस्था पेन्नी अपिलले भूकम्प पीडितहरुका लागि राहत सामग्री उपलब्ध गराएको र नेपाली कांग्रेसको संयोजनमा सबै पीडितलाई बाँडिएको बताईन् । ‘काठमाडौंभित्रै भएर पनि कठेरीका पीडितहरुले राहत पाएका थिएनन् । त्यसैले हामीले तत्कालका लागि खाद्य सामाग्री उपलब्ध गराएका हौं ।’, शाहले भनिन् ।

पेन्नी अपिलका कार्यक्रम संयोजक सैयद कासिम उमरले नेपालका भूकम्प पीडितहरुका लागि तत्कालका लागि खाद्य सामाग्री बाँडिएको र केही दिनमै टेन्ट, कम्बल लगायतका सामग्री उपलब्ध गराइने बताए । गत बैशाख १२ गतेकोम महाभूकम्पका कारण साविकको साङ्ला गाविसस्थित कठेरीमा रहेको तामाङ बस्तीका सबै घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।