५ कार्तिक २०८३, बिहिबार

भूकम्प पीडितलाई नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-camp-gulmi– अनिल खत्री
गुल्मी ३१ वैशाख । भूकम्प पीडितहरुको सहयोगार्थ नेपाली सेनाले गुल्मी जिल्लामा दुइदिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । जिल्लाको विकट क्षेत्रमा रहेका भुर्तुङ्ग, खड्गकोट, फोक्सीङ्ग र पुर्तिघाट गाविसका भूकम्प पीडितहरुलाई लक्ष्क्षीतगरि उक्त निशुल्क शिविर संचालन गरिएको हो ।

२२ बाहिनी अड्डा रुपन्देही, गुरुगोरख गुल्म धागिथुम र २२ फि.एको संयुक्त आयोजनामा संचालन गरिएको उक्त निशुल्क शिवरमा त्यस क्षेत्रमा एक हजार भन्दा वढी व्यक्तिहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिनुका अतिरिक्त उनीहरुलाई औंषधि समेत वितरण गरिएको गुरु गोरख गुल्मका गुल्मपति जनक कुमार वस्नेतले वताए ।

दुइ जना सैनिक विषेशज्ञ डाक्टर सहित वाहिनी पति साहयकरथि र्कमेन्द्रविक्रम लिम्बुको नेतृत्वमा ४० भन्दा वढी सेनाहरुको शिविरमा उपस्थिति रहेको थियो । शिवरि संचालन गर्नका लागि आवश्यक पर्ने सम्पूर्ण औंषधि नेपाली सेनाले नै व्यवस्थापन गरेको थियो । आफ्नै घर दौलोमा आएर निशुल्क शिविर संचालन गरेको भन्दै त्यस क्षेत्रका मानिसहरु अत्यन्तै खुसि वनेको वताएका छन् ।

सोही अवसरमा नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गर्नुका अतिरिक्त स्थानीय भुकम्प पीडितहरुलाई तीन लाख भन्दा वढीको राहत सामग्रि समेत वितरण गरेको थियो । जायसवाल युथक्लव रुपन्देहीद्वारा उक्त राहत सामग्रि वितरणका लागि नेपाली सेनालाई जिल्मा दिईएको थियो । वितरीत राहत सामग्रिहरुमा खाद्यान्न लगायत लत्ता कपडा, त्रिपाल, पिउने पानी समेत रहेको जायसवाल युथक्लवका दिपक जयसवालले वताए ।

सेनाले पुर्तिघाट र फोक्सिङ्ग गाविससलाई लक्ष्क्षीत गरि जोरपाटी र भुर्तङ्ग र खड्गकोट गाविसलाई लक्ष्क्षीत गरि भुर्तुङ्ग गाविसमा शिविर संचालन गरेको थियो । जिल्लामा सवै भन्दा वढी भौतीक रुपमा क्षती पुगेको उक्त क्षेत्रमा भुकम्पपछि पहिलो पटक यसरी स्वास्थ्य शिविर संचालन गरेको भन्दै स्थानीयवासीले नेपाली सेनालाई धन्यवाद दिएका थिए ।