५ कार्तिक २०८३, बिहिबार

दिदी भेट्न आएकी सालीलाई होटल पुर्‍याई बलात्कार गर्दा भिनाजू प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gang rape– सुमन घिमिरे

झापा, ३१ वैशाख । आमासँगै मामाघर हिँडेकी एक बालिका आफ्नै भिनाजूबाट बलात्कारको सिकार भएकी छिन् ।

झापाको खुदुनावारीबाट गत वैशाख २५ गते आमा र भाइसँगै पृथ्वीनगर मामाघर हिँडेकी १५ वर्षीया बालिकाले आफ्नै भिनाजूले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय झापामा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो ।

पीडित बालिकाले प्रहरीलाई दिएको निवेदनमा भद्रपुर नगरपालिका–८ का २५ वर्षीय भिनाजू बलराम बानियाँले आफूलाई वैशाख २५ गते दिदीको घर भद्रपुरबाट मासु किन्न जाउँ भन्दै बिर्तामोड ल्याएर भद्रपुर रोडस्थित एक होटल राखेर रातभर जवरजस्ती करणी गरेको उल्लेख छ ।

पीडित बालिका आमा र भाइसँगै मामा घर हिँडेकी थिइन् । भद्रपुरस्थित दिदीको घरमा आमा र भाईसंगै पुगेकी बालिकालाई चन्द्र्रगढीमा मासुकिन्न जाँउ भन्दै बानियाँले बिर्तामोडमा ल्याएर जवरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई विहीबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक सञ्जयवहादुर राउतले जानकारी दिनुभयो ।

बानियाँले मामाघर हिँडेकी पीडित बालिकालाई मामाघरपछि पु¥याइदिने आश्वासन देखाएर मासुकिन्ने बहाना बनाएर उनलाई बिर्तामोड ल्याएको र जवरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धाबाट खुलेको डिएसपी राउतले बताउनुभयो ।