५ कार्तिक २०८३, बिहिबार

राहत पाउँने भएपछि नुवाकोटमा परिवार संख्या बढेर ७५ हजार पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rahat
फाइल तस्वीर

– भोलाराज पौडेल

नुवाकोट, ३१ वैशाख । सरकारले भूकम्प प्रभावित जिल्ला नुवाकोटका प्रत्येक घरधुरीलाई सात हजार रूपैयाँका दरले प्रारम्भिक चरणको राहत उपलब्ध गराउने भएपछि जिल्लाको परिवार संख्या बढेको छ ।

राष्ट्रिय जनगणना २०६८ अनुसार नुवाकोटमा ६२ हजार परिवार रहेपनि चार वर्ष पूरा नहुँदै यो संख्या बढेर ७५ हजारको पुगेको छ । जिल्ला दैवी प्रकोप उद्दार समितिले नुवाकोटका सबै घरलाई पहिलो चरणको राहत कार्यक्रममा सहभागी गराउने निर्णय भएसँगै सात हजार रूपैयाँ सरकारी राहतको लोभमा घरधुरी संख्या बढाइएको हो ।

गाउँ विकास समितिका सचिवहरूमार्फत संकलन गरिएको घरधुरी सर्वेक्षणमा अधिकांश स्थानीय राजनीतिक दलका कार्यकर्ताहरू सहभागी गराइएकाले राजनीतिक दलका स्थानीय कार्यकर्ताहरूको मिलोमतोमा एकै भुकम्प जानुअघि एकै घरमा बस्नेहरूले चार वटासम्म परिवार देखाएको पाइएको हो । ‘राज्यले दिएको सुविधा पाइन्छ भने किन नलिने’ बेलकोटका एक महिलाले भनिन्– ‘चार भाइ छोरा एकै ठाउँमा बसेपनि चारै भाइको नाममा राहत लिइयो ।’

जिल्ला दैवी प्रकोप उद्दार समितिले हरेक गाविसका एक घरधुरीलाई सात हजार रूपैयाँ उपलब्ध गराउने निर्णय गरेपनि सबै गाविसमा पुग्ने गरी सो रकम निकासा हुन सकेको छैन । रकम नपुग्ने भएपछि अधिकांश गाविसले दुई हजार रूपैयाँका दरले वितरण गरेका छन् । समितिले जिल्लाका सबै गाविसहरूलाई १४ करोड रूपैयाँ निकासा गरेको छ ।

यस सम्वन्धमा कतिपय गाविसको रेकर्ड गलत आएको भन्ने खवर आफूले पनि सुनेको बताउँदै यस विषयमा तत्काल गाविस सचिवहरुलाई वास्तविक परिवारलाई मात्र राहत वितरण गर्न निर्देशन दिएको बताए ।

घर भत्केका परिवारलाई प्रतिघ र सात हजार रूपैयाँले दरले दिने भनिएको रकम पनि करिब ५० प्रतिशत पीडितले प्राप्त गरिसकेको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले बताए । ‘केन्द्रबाट आएको १४ करोड रूपैयाँ, जिल्ला विकास समितिको सापटी २ करोड रूपैयाँ र गाविसहरूको विकास बजेटको रकम गरि ७ करोड रूपैयाँसमेत गरी २३ करोड वितरण भइसकेको स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले बताए ।

राहत वितरणलाई प्रभावकारी बनाउन हरेक गाविसमा सर्वदलिय संयन्त्र निर्माण गरी वितरणको व्यवस्था मिलाइएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताए । जिल्लाको दुर्गम गाविसका माथिल्लो वस्तीहरूमा राहत नपुगेको गुनासो आएकोले त्यस्ता क्षेत्रमा आर्थिक तथा अन्य राहतका कार्यक्रम पु¥याउन गाविस सचिवलाई निर्देशन दिइएको उनले बताए । मृतक परिवारलाई ४० हजारका दरले राहत दिन बाँकी रहेको र मृतक परिवार र घर भत्केकालाई पहिलो चरणमा ५२ करोड रूपैयाँ आवश्यक पर्ने पर्ने तथ्यांक रहेको छ ।

नुवाकोटमा भूकम्पबाट २ लाख ७० हजार नागरिक प्रभावित भएको भुकम्पबाट विहीवारसम्म एक हजार ३३ जनाको ज्यान गएको तथ्यांक आएको छ । भुकम्पबाट दुई हजार भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये २ सय ७९ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको, ६९ जनालाई पैदलमार्गबाट उद्धार गरिएको र २७ शबको समेत उद्धार गरिएको फस्ट रैफल गणका गणपति पवन खत्रीले बताए ।