गुल्मी, ३१ वैशाख । गुल्मीमा भेटिएको सकेट बम झण्डै पड्किने अवस्था रहेको डिस्फोजल टोलीले जनाएको छ । मंगलबार सदरमुकाम तम्घास स्थित जिल्ला कृषि विकास कार्यालय परिसरमा फेला परेको सकेट बम पड्काउन तया्री अवस्था राखिएको टोलीले जनाएको हो ।
कृषि विकास कार्यालय परिसरमा मंगलवार विहान कम्पाउण्ड बाल लगाउनका लागि खन्ने क्रममा उक्त बम फेला परेको हो । उक्त बम तत्कालिन विद्रोही माओवादीले राखेको बताइएको छ । सदरमुकाम ध्वस्त पार्ने अभियान अन्तर्गत उक्त बम त्यहाँ राखिएको प्रहरीले जनाएको छ ।
जमिनमुनि रहेकाले सुरक्षित भएपछि बमको सतहमा दबाब पर्ने वित्तिकै पड्किने अवस्था रहेको थियो । वेवारिसे अवस्थामा फेला परेको उक्त बमलाई नेपाली सेनाको डिस्फोजल टोली डिस्फोज गरेको गुल्मीका डिएसपी हिमालय कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय परिससँगै जोडिएको जिल्ला कृषि विकास कार्यालयमा बम फेला परेपछि प्रहरीले गहिरो अनुसन्धान थालेको थियो । अनुसन्धानबाट उक्त सकेट वम द्वन्दको समयमा तत्कालिन माओवादीले राखेको डिएसपी श्रेष्ठको भनाई छ ।
















प्रतिक्रिया