३० आश्विन २०८३, शुक्रबार

चरी इन्काउन्टरमा नायक निखिल उप्रेतीको यस्तो रोल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nikhil-upradiकाठमाडौं । चर्चित डन दिनेश अधिकारी ‘चरी’को इन्काउन्टरमा नायक निखिल उप्रेती सफल भएका छन् । चरी इन्काउण्टरमा आधारित चलचित्र बनाएर निखिल इन्काउण्टरमा सफल भएका हुन् ।

चरी इन्काउन्टरमा संलग्न प्रहरीको सफलताबाट प्रभावित निखितले पर्दामा आफु प्रहरी बनेर चरीको इन्काउटर गर्ने भूमिकामा चलचित्र बनाएर सफल बनेका हुन् ।

चरीको इन्काउन्टर गर्ने डिएसपी कुमोध ढुङगेलको पुलिसिङबाट प्रभावीत भएर निखिलले ‘भैरव’ नामक चलचित्र बनाएका छन् । निखिल चलचित्रमा आफैं इन्सपेक्टरको भूमिकामा देखिएका छन् । इन्सपेक्टर बनेर उनले अपराधीको इन्काउण्टर गरेका छन् ।

कथा भने तराई जिल्लामा प्रहरी र अपराधीक समूहको दुश्मनीमा आधारित छ । यो फिल्म फिल्म आगामी जेठ महिनामा चल्दै छ ।