३० आश्विन २०८३, शुक्रबार

खाजा कटाएर चीनका नेपाली विद्यार्थीबाट १३ लाख बढी सङ्कलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisaकाठमाडौँ, २२ वैशाख । चिनियाँ थ्रि ग्रजेज, यिचाङमा अध्ययनरत नेपाली विद्यार्थीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्नका लागि रु १३ लाख ६२ हजार १२१ चीनस्थित नेपाली राजदूतावासमा हस्तान्तरण गरेका छन् ।

विदेशी विद्यार्थी स्वयम्सेवक समूहका रेखदेखकर्ता अनिल सुवेदीको नेतृत्वमा ‘नेपालका लागि सहयोगी हात’नाराका साथ खाजा खाने रकम कटाएर सो रकम सङ्कलन गरिएको थियो । त्यसमा चिनियाँ सर्वसाधारण र शिक्षकले पनि योगदान गरेको चिकित्सा विद्यार्थी ओमप्रसाद अधिकारी( देवीघाट,नुवाकोट)ले इमेलमार्फत जानकारी दिनुभएको छ ।

उनीहरुले यही वैशाख १४ गते भूकम्पबाट मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए । रासस