काभ्रे, २१ वैशाख । आइतबार एनआरएनको राहत टोलीले काभ्रेको चौबास, बेगसिम्ले, सिम्थली, सानो बाङ थली, सल्लेभुम्लु, सापिङ, भुम्लुटार, फलाँटे, कलाँती, गोठपानी, धुसिनी शिवालय, चौंरीपोखरी गाविसका भूकम्प पीडितलाई राहत वितरण गरेको छ ।
राहत वितरणमा एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि डीआरसी सोनाम लामा, एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष लोक तिवारी, एनआरएन बेलायतका केन्द्रीय सदस्य तस्विर लामा लगायतका स्वयम्सेवकहरु परिचालित हुनुहुन्थ्यो ।
भुम्लुटारको डुम्रेमा पुग्दा त्यो गाउँ शोकमा डूबेको थियो । एउटै सानो गाउँमा एक बृद्ध, दुईजना बच्चा र एक महिलाको मृत्यु भएको रहेछ, घरहरु भग्नावेशमा परिणत भएका थिए ।
पीडितहरुलाई त्रिपाल, खाद्यसामाग्री र कम्बल वितरण गरिएको थियो । डुम्रेमा भुकम्पबाट घाइते ३ वर्षका बालकलाई राहत टोलीले उपचारका लागि सहयोगार्थ ८ हजार ५ सय रुपैया प्रदान गरेको थियो ।






















प्रतिक्रिया