३० आश्विन २०८३, शुक्रबार

भूकम्पले पुरिएको कोदारी राजमार्ग खुलाउन चीनको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

china_nepal_flagकाठमाडौँ, २१ वैशाख । विनाशकारी भूकम्पका कारण अवरुद्ध कोदारी राजमार्ग खुलाउन चीन सरकारले चासो देखाएको छ । राजमार्ग खुलाउन भोलिदेखि नै काम सुरु हुने भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले चिनियाँ पक्षले अवरुद्ध कोदारी राजमार्ग खुलाउन सहयोग पु¥याउने प्रतिबद्धता जनाएको बताउनुभयो ।

यसैबीच यहाँस्थित चिनियाँ दूतावासले दिएको जानकारीअनुसार सो राजमार्ग खुलाउन ५०० चिनियाँ सशस्त्र प्रहरी परिचालन गरिनेछ । यस्तै, भूकम्पपीडितका लागि सहयोग गर्न १५० वटा सवारी साधन ल्याइएको छ ।

चिनियाँ पक्षले केही थान हेलिकोप्टरसमेत ल्याउन लागेको बताइएको छ । रासस