३० आश्विन २०८३, शुक्रबार

कर्णाली रिभर यातायातको धनगढी-काठमाडौं भाडा एक हजार मात्रै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Karnali-river-yatatधनगढी, १९ वैशाख । यातायात क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको कर्णाली रिभर यातायात समितिले यात्रुलाई सहुलियत दिन धनगढी काठमाडौं रुटको भाडा घटाएको छ ।

भूकम्प पीडितका लागि राहत होस् भन्ने उद्देश्यले सोमबारदेखि धनगढी–काठमाडौं, काठमाडौं–धनगढी रुटमा भाडा घटाएको कर्णाली रिभर यातायात कैलालीले जनाएको छ । कर्णाली रिभर यातायातको शनिबार बसेको बैठकले धनगढी-काठमाडौं रुटमा भाडा एक हजार बनाएको हो ।

काठमाडौंमा सुदूरपश्चिमका भूकम्पपीडित धेरै भएकोले त्यहाँका यात्रुहरुको भावनाको मध्यनजर गर्दै धनगढी–काठमाडौं रुटमा भाडा दर घटाएर एक हजार बनाएको कर्णाली रिभर यातायातका उद्धार उपाध्यक्ष योगेश मल्लले जानकारी दिनुभयो ।

घटाएको भाडा दर भन्दा बढी बस व्यबसायीले लिएमा समितिमा जानकारी गर्न समेत कर्णाली रिभर यातायातले जनाएको छ ।

देश महाभूकम्पले शोेकमा डुबेको बेला कर्णाली रिभर यातायातले पनि केही हद सम्म भएपनि राहत दिने उद्देश्यले धनगढी काठमाडौं रुटमा भाडा दर घटाएको कर्णाली रिभर यातायातका अध्यक्ष धिरज शाहीले जानकारी दिनुभयो ।