३० आश्विन २०८३, शुक्रबार

भूकम्प पीडितलाई विश्वविकास बैंकको ५ लाख राहत सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

world-development-bank

बुटबल, १८ वैशाख । शनिवारको महाभूकम्पको विपत्तिमा परेर पीडित भएका सर्वसाधारणलाई विश्व विकास बैंक लिमिटेडले राहत सामग्रीसहित नगद सहयोग गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बोध गर्दै विनाशकारी भूकम्पका पीडितहरुलाई तत्काल राहत स्वरुप शुक्रबार २०० थान त्रिपाल तथा नगद ५ लाख १ हजार रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।

world-development-bank-1बैंकका अध्यक्ष जगन बहादुर गुरुङ्ग तथा प्रमुख कार्यकारी अधिकृत समिर शेखर बज्राचार्यले राहत सामग्री तथा नगद सहयोग क्षेत्रीय प्रशासन कार्यालय पोखराका क्षेत्रीय प्रशासक दिनेश थपलियालाई हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएको त्रिपाल गोरखा जिल्लाको भूकम्प प्रभावित क्षेत्रमा वितरण गरिने तथा नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धारकोषमा जम्मा गरिने बैंकले जनाएको छ ।

राष्ट्रिय विपतको घडिमा आपसमा सहयोग, सद्भाव र सहानुभुतिको अपरिहार्यता महसुस गर्दै पीडितहरुको राहतका लागि विश्व विकास बैंकका सञ्चालकहरुको बैठक भत्ता वापतको रकम तथा बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट दुई दिन बराबरको तलब समेत उपलब्ध गराइएको छ ।