३० आश्विन २०८३, शुक्रबार

मासु खरिद-विक्री गर्दा जेल जानुपर्ला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

meat-chickenकाठमाडौं, १८ वैशाख । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा मासु बिक्री बितरणमा रोक लगाएको छ ।

शनिवार आएको महाभूकम्पपछिको विपत्तिमा मासु खाँदा रोगको संक्रमण फैलने जोखिम रहेको निष्कर्ष निकाल्दै शुक्रबार विज्ञप्ती प्रकाशित गरेर काठमाडौं जिल्ला प्रशासन कार्यालयले मासु विक्रि वितरणमा रोक लगाएको जनाएको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार काठमाडौं उपत्यकाका कुनै पनि ठाउँमा मासु खरिद विक्री गर्न पाइने छैन् । प्रशासन कार्यालयले सर्वसाधारणलाई विपत्तिको बेला प्रभावित क्षेत्रमा विभिन्न महामारी निम्त्याउने रोगहरु लाग्ने भन्दै मासु नखान आग्रह समेत गरेको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भूकम्पपछि प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिन सक्ने भएकाले ती संवेदनशील क्षेत्रमा सर्वसाधारणलाई माछामासु बिक्रि वितरण नगर्न अपिल गरिएको बताउनुभयो ।

प्रशासनको आग्रहलाई अटेरी गर्नेलाई कानुन बमोजिम कारवाही गरिने सहायक प्रजिअ पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रशासनले कालोबजारी गर्ने व्यापारीहरुको अनुगमन समेत गरिरहेको छ ।