अलिपुरदौर (भारत), १८ वैशाख । पश्चिम बङ्गालको मदारीहाटनजिकै राष्ट्रिय राजमार्ग ३१ मा एक ट्रकसँग विवाहको जन्ती लिएको गाडी ठक्कर खाँदा दुलहा र दुलहीसहित १२ व्यक्तिको मृत्यु भएको भएको छ र यस दुर्घटनामा अन्य छ व्यक्ति घाइते भएका छन् ।
उक्त गाडीमा विवाहका जन्तीका १८ व्यक्ति रहेको र उनीहरूले विवाहपछि बीरपाराबाट फर्किरहेको प्रहरी सुपरिन्टेन्डेन्ट आकाश मेघारियाले बताउनुभयो ।
मेघारियाले दुलहा, दुलहीका साथमा १२ व्यक्तिको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो ।
घाइते भएका छ व्यक्तिको अवस्था गम्भीर भएकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको जानकारी दिइएको छ । रासस/पीटीआई















प्रतिक्रिया