काठमाडौं, १६ वैशाख । शनिवार आएको शक्तिशाली भूकम्पले काठमाडौँ, भक्तपुर र ललितपुरको सयौं मन्दिरहरु ध्वस्त बनाएपनि पशुपतिनाथको मन्दिरलाई भने केहि असर गरेन् । पशुपतिका वरिपरिका सबै मन्दिरहरु भत्किए तर पशुपतिनाथको मुख्य मन्दिरमा भने छिटपुट बाहेक केही क्षति पुर्याएन ।
पुरानो परम्परागत सामाग्री प्रयोग गरी विधिपूर्वक निर्माण गरिएकाले पशुपति मन्दिर भत्कनबाट जोगिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए । पशुपति मन्दिर १८ औँ शताब्दीमा निर्माण भएको थियो । त्यसपश्चात सामान्य बाहेक पशुपतिको मर्मत समेत गरिएको छैन् । तर पनि पशुपति मन्दिर भने ज्यूको त्यूँ रह्यो ।
यस्तो हुनुको कारण त्यसको चादीँको पाटा र गाह्रोमा मार्वले सेफ गरेको र पानी गाह्रोमा पस्न नपाएको हुनसक्ने उनले बताए । पशुपतिको गाह्रोलाई हावाले समते नहानेकाले पशुपति थप सुरक्षित रहेको दाहालको तर्क छ । उक्त मन्दिरलाई मार्वलले छोपिएको छ । उक्त मन्दिर ढुंगामाथि अवस्थित छ । ढुंगालाई भुकम्पले धेरै असर नगर्ने भएकाले पनि मन्दिर सुरक्षित हुन सक्ने उनले जानकारी दिए ।
कतिपयले आध्यात्मिक शक्तिको कारण पशुपति नढलेको बताउँदै आएका छन् । उनीहरुले नेपालका अधिकांश नित्य पुजा नगर्ने र ढोका बन्द गरी राख्ने मन्दिरहरु भत्किएको दर्विलो कारण पेश गर्ने गरेका छन् । भूकम्पबाट पशुपतिनाथ जोगिएको यो पहिलो पटक होइन् । १९९० सालको ८.३ रेक्टर स्केलको भूकम्पमा पनि पशुपतिनाथको मन्दिरमा कुनै असर परेको थिएन् ।
त्यसभन्दा अगाडि आएका चारवटा भूकम्पले पनि पशुपतिनाथ हल्लाउन नसकेको पुरातत्व विभागले जनाएको छ । भूकम्पले बसन्तपुरमा रहेको काष्ठमण्डप, माजुदेवल, जोशीदेवल, कृष्णमन्दिर, शिव मन्दिर, तलेजु भवानीको मन्दिर, पाटन मन्दिर, साँखुका सबै मठमन्दिर भने भत्काएको पुरातत्व विभागका महानिर्देशक दाहालले बताए ।
सबै मन्दिर भत्किदा समेत पशुपतिनाथको मन्दिर नभत्किएपछि सबै भक्तजन श्रदालु आश्चर्यमा परेका छन् । यसअघि भारतको उत्तराखण्डमा आएको आएको भीषण बाढी पहिरोले केदारनाथको मन्दिरलाई क्षति गरेको थिएन् । त्यो बेलाको विपतले केदारनाथ वरिपरका सबै टहरा ध्वस्त बनाएको थियो । यी दुबै मन्दिरहरु यति ठूलो विपत्तिमा कसरी सुरक्षित रहे ? यो प्रश्नको उत्तरको खोजीमा विज्ञहरु समेत लागेका छन् ।
शनिवार आएको भूकम्पले राजधानी ठूलो संरचना धराहरा लग्यो । तर, पशुपतिनाथको मन्दिरमा कुनै क्षति नपु¥याएपछि धेरै चमत्कारको रुपमा हेरेका छन् । देशकै सबैभन्दा पाँच शताब्दी पूरानो मन्दिर पशुपति जस्ताको तस्तै शिर ठाडो पारेर खडा उभिएपछि सबैलाई चकित बनाएको छ । तर यो सबै कसरी बच्यो त्यसको बारेमा जिज्ञाशा सबैको मनमा उब्जिएको छ ।
विज्ञका अनुसार, कारणहरु यस्ता हुन सक्छन्:
पशुपतिनाथको मन्दिरको गर्भगृह करिब एक मिटर अग्लो पर्खालमाथि बनाइएको छ । मन्दिरको चार सुरको अधिकतम भागको निर्माणमा काठको प्रयोग गरिएको छ । पशुपतिनाथमा चारवटा ढोका रहेका छन् । पशुपतिनाथको मन्दिर प्रतिस्थापित गरिएको ठाउँमा चुम्बकीय तरंग धेरै घना रहेको छ। शिवलिङ्ग यस्तो स्थानमा राखिएको छ, जहाँ चुम्बकीय तरङ्गको न्यूक्लियर सेन्टर रहेको विज्ञहरुले बताएका छन् ।
पशुपतिनाथको गजुरको केन्द्र शिवलिङ्गको केन्द्रको सिधामाथि पर्ने गरी स्थापित गरिएकले पनि भूकम्पको असर नपरेको उनीहरुले बताएका छन् । विज्ञहरुका अनुसार मन्दिरको मिलेको चौकोस, हलुंगो छत, काठबाट जोडिएको खम्बा र बलियो जोडार्इका कारण यो मन्दिरलार्इ भूकम्पले केही गर्न नसकेको बताइएको छ ।
मन्दिरको बाहिरी स्वरुप प्राकृतिक विपत्तिले कयौं पटक क्षति गरेपनि यसको गर्भगृह पौराणिक कालदेखि आजसम्म सम्पूर्णरुपमा सुरक्षित रहेको पुरातत्व विभागका महानिर्देशक दाहालले बताए । भर्खरै मात्र भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पशुपतिनाथको दर्शन गरेर आर्शिवाद लिएर गएका थिए । आजपनि पशुपतिमा दर्शन गर्ने श्रदालु भक्तजनहरुको घुइँचो लाग्ने गर्छ ।













प्रतिक्रिया