१४ कार्तिक २०८३, शनिबार

एमालेले राहत र उद्धारका लागि देशव्यापी कार्यकर्ता परिचालन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML_Yemaleकाठमाडौँ, १६ वैशाख । नेकपा (एमाले)ले विनाशकारी भूकम्पबाट पीडितका लागि सरकारको काममा सघाउँदै देशव्यापीरुपमा कार्यकर्ता परिचालन गरी उद्वार र राहतका कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

पार्टीले भूकम्पबाट धेरै प्रभावित भएका जिल्लाका सभासद्सितको बैठकपछि सञ्चारकर्मीलाई यस्तो जानकारी दिइएको हो ।

पीडितका लागि उद्वार राहत सञ्चालन गर्नका लागि पार्टीले यसअघि रु ५० लाखको कोष खडा गरेको थियो । कोषमा सहयोग उपलब्ध गराउन महासचिव ईश्वर पोखरेलले सार्वजनिक आह्वान गर्नुभएको छ ।

“सरकारका तर्फबाट उद्वार र राहतका काममा केही कमी कमजोरी भएकाले पार्टीले सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागेको छ”–उहाँले भन्नुभयो, “अरु सबै काम थाती राखेर उद्वार र राहतका कार्यक्रममा लाग्न पार्टी पङ्क्तिलाई आह्वान गर्दछौँ” ।

उपाध्यक्ष विद्यादेवी भण्डारीले धैर्यधारण गरेर उद्वार र राहतमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ । पार्टी संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसित कुराकानी गर्दै नेत्री भण्डारीले सो आग्रह गर्नुभएको हो । रासस