१४ कार्तिक २०८३, शनिबार

गोँगबु गेष्ट हाउसबाट ८० घन्टापछि जीवितै उद्धार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

;z:q k|x/Lsf] ;r{ P08 /]:So' 6f]nL4f/f lhljt} p4f/   sf7df8f}+ u+uj'l:yt j;kfs{sf] b'O{ gDa/ u]6 glhs ldqgu/df /x]sf] ;okqL u]i6 xfp;af6  dªu/af/ !)M!% ;z:q k|x/L ansf] ;r{ P08 /]:So' 6f]nLn] Ps hgfsf] lhljt} p4f/ u/L pkrf/fy{ lq=lj= lzIf0f c:ktfndf k7fPsf] 5 . tl:a/ M ;f}hGo ;z:q k|x/L, /f;; .काठमाडौँ, १६ वैशाख । विनाशकारी भूकम्प गएको करिब ८० घण्टापछि काठमाडौं गोङ्गबुको नयाँ बसपार्कको दुई नम्बर गेट नजिक मित्रनगर भन्ने ठाउँमा रहेको सयपत्री गेष्ट हाउसबाट एक युवालाई जीवितै उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले मङ्गलबार राति करिब १०ः१५ बजे एक युवाको जीवितै उद्धार गरी उपचारार्थ त्रिवि शिक्षण अस्पतालमा पठाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभयो ।

त्यस्तै, सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्युको अर्को टोलीले काठमाडौँ कालधाराबाट आज १२ वर्षीया निकिता श्रेष्ठको शव निकालेको छ भने गोङ्गबु गणेश मन्दिर इलाकाबाट आजै तीनवटा शव भत्किएको संरचनाबाट निकालिएको सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छत्कुलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, ठमेलस्थित होटल बजेटबाट दुई जनाको शव निकालिएको छ । सशस्त्र प्रहरी बलले राहत सामग्री वितरण गर्ने कार्यमा समेत एपिएफ टोली परिचालन गरेको छ ।

मध्यक्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय रुद्र बाहिनी पथलैयाका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक रामशरण पौडेल आजै राहत सामग्रीसहित सो सामग्री वितरण गर्ने टोलीसँग सिन्धुपाल्चोक जिल्ला गएको छ । टोलीले विस्कुट, औषधि, ड्राइफुडलगायतका राहत सामग्री लिएर गएको छ ।

सशस्त्र प्रहरी बलले रोटरी क्लबलगायतका निकायसँग मिलेर उद्धार सामग्री वितरण गर्ने कार्यमा सहभागिता जनाइरहेको छ । साथै, एपिएफ टोलीले भक्तपुरको इनार टोलमा सर्च एण्ड रेस्क्यु गर्ने क्रममा ११९ तोला सुन फेला पारेर सम्बन्धित घरधनीलाई बुझाएको छ ।

आजै, सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोलीले काठमाडौं माछापोखरीबाट करिब १६ वर्षीय एक पुरुषको शव फेला पारेको छ भने सितापाइलास्थित चर्चबाट अर्को सर्च एण्ड रेस्क्यु टोलीले दिउँसो करिब २ः४५ बजे एकजना करिब ६ वर्षीया बालिका तथा अन्य तीनजना पुरुषको शव फेला पारेको छ ।

यसैगरी, काठमाडौं बसुन्धारा इलाकाबाट एपिएफको सर्च एन्ड रेस्क्यु टोली तथा फ्रान्सको डग स्नेफिङ एन्ड रेस्क्यु टोलीले तीनवटा शव निकालेको छ । देशका विभिन्न भागमा भएको क्षतिपछि सशस्त्र प्रहरी बलका विभिन्न टोली सक्रियताका साथ उद्धार कार्यमा जुटिरहेको विज्ञप्तिमा उल्लेख छ । रासस