नयाँदिल्ली । अन्तर्राष्ट्रीय हवाई अड्डाबाट उडेको स्पाइस जेटको एक विमान चरासँग ठोक्किएर मंगलबार दिउँसो दुर्घटनामा परेको छ ।
भारतको जम्मूबाट आएको स्पाइस जेट के एसजी १६० विमान श्रीनगर अन्तर्राष्ट्रीय हवाई अड्डामा अवतरणका क्रममा मंगलबार चरा ठोक्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चरा ठोक्किएर विमान दुर्घटना भएपनि कुनै क्षती नभएको प्रहरीले जनाएको छ ।
विमानमा १८० जना यात्रु सवार थिए । चरा ठोक्किएपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । श्रीनगर अन्तर्राष्ट्रीय हवाई अड्डाका निर्देशक आर एन शिन्देका अनुसार अवतरणका क्रममा विमानमा चरा ठोक्किएको थियो ।
उनका अनुसार विमानमा सवार सबै यात्रु सुरक्षित छन् । विमानलाई अहिले पार्किङ स्थलमा राखिएको छ । यात्रुलाई अर्काे विमानमा गन्तव्यतर्फ लगिएको निर्देशक शिन्देले बताए । १७६ यात्रुसहित विमानमा चालक दलका सदस्य सवार थिए ।
विमानको परीक्षण तथा मर्मत सम्भारका लागि नयाँदिल्लीबाट इन्जीनियर आउने उनले बताए । एजेन्सी
















प्रतिक्रिया