काठमाडौँ, १४ वैशाख । आज बिहान ४ः१७ बजे काभ्रेको बनेपा केन्द्रबिन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको छ ।
त्यसपछि सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४ः२६ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।
योसँगै हालसम्म चार रेक्टरभन्दा माथिको ८२ वटा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो । अझै भूकम्प आउने हल्लाले सर्वसाधारणहरु त्रासमा छन् । तर, भूकम्पविद्हरुले भने हल्लाको पछि नलाग्न सुझाव दिएका छन् ।













प्रतिक्रिया