१४ कार्तिक २०८३, शनिबार

रसुवामा भूकम्पपछि हिमपहिरो, एक सय जनाको मृत्यु, नुवाकोटमा पनि दर्जनौँको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १३ वैशाख । रसुवा जिल्लामा महाभूकम्पबाट एक सयभन्दा बढीको मृत्यु भएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद भट्टराईका अनुसार महाभूकम्पपछि लाङ्टाङ इलाकामा आएको हिमपहिराले लाङ्टाङ गाउँ पूरै हिउँले पुरिएको, बचेका पर्यटक तथा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरले उद्धार गर्ने क्रम जारी रहेको र उद्धारका लागि जिल्लाका विभिन्न ठाउँमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आज बिहानैदेखि परिचालन गरिएको छ ।

सडक मार्ग पूरै अवरुद्ध भएको छ । घाइतेलाई काठमाडौँ लैजान हेलिकप्टर पाइएको छैन । घाइतेको माग सरकारले हेलिकप्टर छिटोभन्दा छिटो उपलब्ध गराउन माग गरेका छन् । रसुवामा ९५ प्रतिशत घर भत्किएका छन् । यता, नुवाकोटमा ५० जनाको मुत्यु भएको प्रारम्भिक अनुमान छ । अधिकांश गाउँका घरहरु भत्किएका छन् । घाइतेहरुको सडकमै उपचार भइरहेको छ । भूकम्पको धक्का बारम्बर आइरहेको पत्रकार भोला पौडेलले जनाएका छन् ।