काठमाडौँ, १३ बैशाख । मुख्य सचिव लीलामणि पौड्यालले मुलुकको विपत्को अवस्थामा सबै कर्मचारीलाई उद्धार र राहतमा तत्काल लाग्न आज निर्देशन दिएका छन्।
खास गरी सरकारका सचिवलाई आआफ्नो कार्यक्षेत्रअनुसार खटी घाइते र उद्धारको काममा लाग्न उनले निर्देशन दिनुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शान्तराज सुवेदीले जानकारी दिए ।
घाइतेलाई तत्काल उद्धार तथा राहतका लागि हेलिकप्टर, खाद्यान्न, पिउने पानीको व्यवस्था, अन्तर्राष्ट्रिय सम्बन्धलगायत विषयमा सम्बन्धित सचिवलाई खट्न निर्देशन दिइएको छ।
मुख्य सचिव पौड्यालले सबै निजामती, प्रहरी, राष्ट्रिय अनुसन्धान आयोगलगायत सबै गैरसरकारी संस्थालाई समेत विपत्को घडीमा घाइतेको उद्धारमा सहयोग गर्न आग्रह गरेका छन्। रासस













प्रतिक्रिया