२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्रीको मानसिक सन्तुलन ठिक छैन् : कांग्रेस

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi-sindhiya

नयाँदिल्ली, ११ वैशाख । भूमि अधिग्रहण कानून ल्याउने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना अहिले भारतसहित नेपालमा पनि भइरहेको छ । किसान विरोधी कानून ल्याउन खोजेको भन्दै मोदीको चर्काे आलोचना भएको हो ।

केही दिन पहिले बुद्ध भारत कै हुन् भनेपछि नेपालमा पनि उनको आलोचनासँगै विरोध भयो । आलोचनाको क्रम तिव्र भइरहदा प्रमुख प्रतिपक्षी दल कांग्रेसले मोदीको मानसिक सन्तुलन ठिक नभएको दाबी गरेको छ ।

मोदीको भुमि अधिग्रहण कानूनकै कारण भारतमा एक जना किसानले आत्महत्या समेत गरेका थिए । त्यसले पनि मोदीमाथि अलोचना गर्नेको संख्या बढाएको हो । एक समय निकै लोकप्रिय वाहवाही पाएका मोदीको लोकप्रियता अहिले सस्तो भएको हो ।

भर्खरै मात्र कांग्रेसका सांसद ज्योतिरादित्य सिंधियाले मोदीलाई सिधै मला गर्दै किसान आत्महत्याको प्रमुख कारण प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् । उनले कोही पनि प्रधानमन्त्री आफ्नो जनताको मृत्यु हेर्न नसक्ने भन्दै मोदी मानसिक समस्याबाट ग्रसित भएकाले घटना घटेको दाबी गरे ।

पूर्व केन्द्रीय मन्त्री समेत रहेका सिंधियाले भुमि अधिग्रहण कानून जनतालाई मालिकको नौकर बनाउन ल्याउन लागिएको आरोप समेत लगाए । उनले देशलाई ५६ इञ्च सीने वाले प्रधानमन्त्री भन्दा ५६ इञ्च मन भएको प्रधानमन्त्री चाहिएको टिप्पणी गरे ।

उनले यो कानूनविरुद्ध किसानसँग मिलेर कांग्रेसले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिनुभयो । देशका जनताको हित नचाहने प्रधानमन्त्रीको कुनै आवश्यकता समेत नरहेको स्पष्ट पारे । एजेन्सी