१४ कार्तिक २०८३, शनिबार

केपी ओलीको प्रश्न-‘माओवादीको आन्दोलन के का लागि ?’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oliकावासोती, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रक्रियाबिना संविधान नबन्ने बताउनुभएको छ ।

मदन भण्डारी स्पोटर्स एकेडेमीले कावासोतीमा आज गरेको पिपुल कन्सर्टको उद्घाटन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “संविधानसभाले प्रक्रियाबाटै संविधान निर्माण गर्ने हो, त्यो प्रक्रिया थाल्दा बहुमतीय हुन्छ भन्ने कुरा फिक्का हुन्छ ।”

उहाँले भन्नुभयो, “सहमतिमा अगाडि बढ्छौँ र सहमति हुन बाँकी विषयमा आगामी दिनमा सहमति गर्दै जान्छौ ।”

माओवादीले दुई प्रधानमन्त्री बनाउँदासमेत संविधान निर्माण गर्न नसकेको ओलीको आरोप थियो । ठूलो पार्टी हुँदा पनि माओवादीले संविधान बनाउने काम नगरेको भन्दै उहाँले अबको आन्दोलन संविधान बनाउन कि, के का लागि भन्ने प्रश्न गर्नुभयो ।

एमालेले ढाँड छलको र बेइमानको राजनीति गर्न जान्दैन सबै प्रकारका असमानताको विभेद अन्त्य हुनुपर्छ भन्दै उहाँले अग्लो र होचो स्थानमा बसेका भरमा विभेद हुँदैन त्यही आधारमा संविधान बन्ने कुरामा विस्वस्त हुनुहोस् भन्नुभयो ।