१३ कार्तिक २०८३, शुक्रबार

विप्लव माओवादीले काभ्रेमा १५ सय रोपनी कब्जा गर्‍यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

biplab

– रामसुन्दर आचार्य
काभ्रे, ७ वैशाख । नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादीले काभ्रेमा १५ सय रोपनी जग्गा कब्जा गरेको छन् ।

विप्लव माओवादी जिल्ला इन्चार्ज दिर्गा सि तामाङद्धारा जारी विज्ञप्तीमा उनीहरुले काभ्रेको नयाँगाउ देउपुर स्थित वडा नं ८ को ठुल्लचौरको १५ सय रोपनी जग्गा कब्जा गरेको उल्लेख छ ।

सार्वजनिक जग्गालाई २०४१ सालमा काठमाडौ एग्रिकल्चर कन्सर्न सहित ५ वटा कम्पनीले कम्पनीको नाममा सो जग्गालाई आफ्नो बनाएकाले कब्जा गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

विज्ञप्तीमा भनिएको छ-‘पार्टीको केन्द्रीय नीति अनुसार राज्यको सम्पती माथि भएको अतिक्रमणलाई रोक्न जग्गा कब्जा गरिएको हो ।’