काठमाडौं, ७ वैशाख । स्वास्थ्य क्षेत्रको बेथितिबारे आमरण अनशन बसेर चर्चामा आएका शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसी स्वाइन फ्लु प्रभावित जिल्ला जाजरकोट हिँडेका छन् ।
नागरिक समाजका प्रतिनिधिका साथ उनी सोमबार जाजरकोट प्रस्थान गरेका हुन् । ‘जाजरकोटका जनता स्वाइन फ्लु लगायतका रोगबाट दुखमा परेका बेला म काठमाडौँमा बस्न सक्दिन’ भन्दै उनी जाजरकोट हिँडेका हुन् ।
आइतबारै जाजरकोट हिँड्ने कार्यक्रम रहेपनि स्वास्थ्यमा समस्या देखिएपछि उनी सोमबार हिँडेका हुन् ।
अन्य चिकित्सकहरुले भने १२ दिनसम्म अनसनमा बसेर थलिएका कारण स्वाइन फ्लु प्रभावित क्षेत्रमा नजान डा. केसीलाई आग्रह गरेका थिए ।













प्रतिक्रिया