१३ कार्तिक २०८३, शुक्रबार

घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

paisa-Ghus-Thagi-Chitthaसुर्खेत, ६ वैशाख । बाँकेमा आज एक नापी सर्वेक्षक घुस लिँदालिँदै पक्राउ परेका छन् । नापी कार्यालय बाँकेमा कार्यरत नापी सर्वेक्षक देवेन्द्रप्रसाद कुम्हारलाई कार्यालय हाताबाटै रु १० हजार घुस लिँदालिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

नापी सर्वेक्षक कुम्हारले जग्गाको हाल साविक कित्ताकाट गरिदिन सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालय सुर्खेतका प्रवक्ता जङ्गबहादुर डाँगीले बताउनुभयो । रासस