काठमाडौं, ४ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले नेपालले छिट्टै लोकतान्त्रिक संविधान पाउने विश्वास पनि व्यक्त गर्नुभएको छ ।
नेपालका लागि थाइल्यान्डका राजदूत वुट्टी वुट्टीस्यान्टसँग शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गर्दै प्रधानमन्त्री कोइरालाले विकासका लागि लोकतान्त्रिक शासन पद्धति, शान्ति र राजनीतिक स्थिरता अपरिहार्य रहेको बताउँदै नयाँ संविधान जारी भएपछि नेपालको विकास तीव्र गतिमा हुने विश्वास दिलाउनुभयो ।
उहाँले बिमस्टेकको क्षेत्रीय सदस्य रहेका दुई देशका बीचमा सञ्चालनमा रहेको हवाई सेवाले दुई देशबीच सुसम्बन्ध विकसित गर्न निकै सहयोग गरेको बताउनुभयो ।
भेटमा थाई राजदूतले नेपालमा थाई पर्यटकको सङ्ख्या बढ्दै गएको बताउँदै थाइल्यान्डको दूसित थानी समूहले अन्नपूर्ण होटलको व्यवस्थापन लिएर आतिथेय व्यवसायको अनुभवबाट नेपाललाई लाभ दिने प्रक्रियाको आरम्भ भएको जानकारी दिनुभयो ।













प्रतिक्रिया