काठमाडौं, ४ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह आज स्वदेश फर्कदै छन् । स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली गएका पूर्वराजा ज्ञानेन्द्र शाह दिउँसो जेट एअरबाट दिउसो ३ बजे काठमाण्डौ आईपुग्ने शाहका स्वकिय सचिव फणीराज पाठकले जानकारी दिनुभयो ।
नयाँ दिल्लीस्थित फोटिर्ट एस्कर्ट हार्ट इन्स्टिच्युटमा स्वास्थ्य उपचार गराएका उनको स्वास्थ्य अवस्था सन्तोषजनक रहेको पाईएपछि उनी फर्कन लागेका हुन् । पूर्वराजा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापालाई अन्तिम श्रद्धान्जली दिने गरी स्वदेश फर्किन लागेका हुन् ।
चिकित्सकहरुले पूर्वरानी कोमल शाहको भने थप स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएको छ । पूर्वरानी कोमल र बुहारी हिमानी भने अझै केही दिन दिल्लीमै रहनेछन् ।












प्रतिक्रिया