१३ कार्तिक २०८३, शुक्रबार

राजकीय सम्मानका साथ पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आज अन्त्येष्टि गरिदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surya_bahadur_thapa_deathकाठमाडौ, ४ बैशाख । उपचारका क्रममा भारतको मेदान्त अस्पतालमा निधन हुनुभएका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको राजकीय सम्मानका साथ आज दिउँसो अन्त्येष्टि गरिंदैछ ।

बुधबार राती अस्पतालमा निधन भएका थापाको सरकारले राजकीय सम्मानका साथ आज दिउँसो ३ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागेको हो ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले थापाको निधनको शोकमा आज सार्वजनिक बिदा पनि दिएको छ । त्यस्तै एक दिन सरकारी कार्यालय तथा कुटनीतिक नियोगहरु राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको थियो ।

उनको पार्थिव शरीरलाई हिजो साँझ भारतबाट नेपाल ल्याएर उहाँको निवास माली गाउँमा राखिएको थियो । आजै दिउँसो १ देखि ३ बजेसम्म पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राखिनेछ । अहिले उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालयमा राखिएको छ ।

दिउँसो ३ बजेपछि रंगशालाबाट शवयात्रासहित पशुपति आर्यघाट पुर्याएर अन्त्येष्टी गरिने भएको पार्टीका सह प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

१९८४ मा धनकुटाको मुगामा जन्मिएका थापा पंचायन र प्रजातान्त्रिक कालमा गरी ५ पटक प्रधानमन्त्री हुन सफल भएका थिए । संविधानसभा पार्टीको समानुपातिकतर्फका सभासद थापा संविधानसभाका ज्येष्ठ सदस्य भएकाले सभाध्यक्षको भूमिका पनि निभाएका थिए ।