१३ कार्तिक २०८३, शुक्रबार

पूर्व प्रम थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि पार्टी कार्यालयमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lbNnLdf pkrf/sf qmddf lgwg ePsf k"j{k|wfgdGqL ;"o{axfb'/ yfkfsf] kfly{a ;l// dflnufpF l:yt lgjf;df  . tl:a/ M k|bLk/fh jGt /f;;काठमाडौँ, ४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले चाबहिलस्थित पार्टी कार्यालयमा राखिएको छ ।

यसअघि विभिन्न पार्टीका नेता तथा कार्यकर्ता आज बिहान थापा निवास मालीगाउँमा पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

स्वर्गीय थापालाई श्रद्धाञ्जलि अर्पण गर्न आज बिहान अर्थ मन्त्री डा रामशरण महत, वन तथा भू–संरक्षण मन्त्री महेश आचार्य, नेपालका लागि चिनका राजदूत उ छुन्ताई, नेपाली काँग्रेसका युवा नेता तथा सभासद्हरु गगन थापा, उदयशमशेर राणालगायत विभिन्न दलका नेता, कार्यकर्ता मालीगाउँ पुग्नुभएको थियो ।

यस्तै, पूर्व प्रधानमन्त्री थापालाई श्रद्धाञ्जलि अर्पण गर्न पार्टीका नेता तथा कार्यकर्ता एवम् शुभचिन्तक र आफन्तको थापा निवास मालीगाउँमा आज बिहानैदेखि घुइँचो लागेको छ ।

थापाको पार्थिव शरीर हिजो साँझा भारतको नयाँ दिल्लीबाट काठमाडौँ ल्याएलगत्तै थापा निवास मालीगाउँमा श्रद्धाञ्जलिका लागि राखिएको छ ।

उहाँको पार्थिव शरीरलाई बिहान ९ः३० बजेसम्म निवास र त्यसपछि पार्टी कार्यालय चाबहिलमा १२ बजेसम्म राखिनेछ । पार्टी कार्यालयको श्रद्धाञ्जलि सकिएलगत्तै सार्वजनिक श्रद्धाञ्जलिका लागि दिउँसो १ बजेदेखि दशरथ रङ्गशालामा राखिने पार्टीका सह प्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम रहेको छ । पूर्व प्रधानमन्त्री थापाको भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा बुधबार राति निधन भएको थियो ।

यसैबीच आजै बिहान मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, पूर्व प्रधानमन्त्री कृतिनिधि विष्ट, नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, नेपालका लागि भारतीय राजदूत रञ्जित रे थापा निवास पुगी उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अध्यक्ष लोकमानसिंह कार्की एवम् सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख मालीगाउँ जानुभई स्वर्गीय थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । रासस