१३ कार्तिक २०८३, शुक्रबार

नेता थापाको गृहजिल्ला शोकमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Surya-bahadur-thapa

धनकुटा, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको असामयिक निधनले उहाँको गृहजिल्ला धनकुटा शोकमा डुबेको छ ।

धनकुटालाई अभिभावकको रुपमा संरक्षकत्व प्रदान गर्नु भएका मुलुककै शिखर व्यक्तित्व थापाको निधनको खबरसँगै धनकुटावासी शोकमा परेका हुन् ।

आन्द्राको सफल शल्यक्रियापछि स्वास्थ्यमा आएको सुधारको खबरले खुसी भएका जिल्लावासी अचानक स्वासप्रश्वासको समस्याबाट थापाको मृत्यु भएको खबरले स्तब्ध भएका छन् ।

धनकुटाको मुगा गाविसमा जन्मिएर मुलुकलाई पाँच पटक प्रधानमन्त्रीका रुपमा नेतृत्व दिनुभएका दिवङ्गत थापालाई धनकुटावासीले आस्थाको धरोहरका मानेका थिए । उहाँलाई धनकुटाका सवै राजनीतिक दलले अभिभावक मानेका थिए ।

थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्न उहाँका सयौँ समर्थक राजधानीतर्फ प्रस्थान गरेका छन् । रासस