१३ कार्तिक २०८३, शुक्रबार

लोकतान्त्रिक संविधान निर्माण नै थापाप्रति सच्चा श्रद्धाञ्जली : प्रधानमन्त्री कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaकाठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, सभासद् एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको ८८ वर्षका उमेरमा यही वैशाख २ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा निधन भएको समाचारले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ ।

उहाँले नेता थापाको दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पणका साथ शोकसन्तप्त परिवारसहित स्वजनप्रति समवेदना प्रकट गर्नुभएको छ । प्रधानमन्त्री कोइरालाले उहाँको निधनबाट नेपालको राजनीतिक क्षेत्रले एक महत्वाकाक्षी, साहसी, दृढनिश्चयी, परिवर्तनलाई सहर्ष स्वीकार गर्ने कर्मठ र उदारवादी नेता तथा राप्रपाले कुशल सङ्गठक, प्रभावशाली नेता र संस्थापक अभिभावक गुमाएको उल्लेख गर्नुभएको छ ।

उहाँका सद्गुणबाट प्रेरणा लिएर लोकतान्त्रिक संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पूरा गर्न सबै राजनीतिक दललाई एक जुट हुन आग्रह गर्दै प्रधानमन्त्रीले नेपाल र नेपालीको भविष्य सुरक्षित र उज्यालो बनाउने लोकतान्त्रिक संविधानको निर्माण नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गर्नुभएको छ छ । उहाँले शोकसन्तप्त परिवारजन र राप्रपाका समस्त नेता तथा कार्यकर्तालाई ईश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामना पनि गर्नुभएको छ ।