१३ कार्तिक २०८३, शुक्रबार

यसरी भयो भारतीय प्रधानमन्त्री मोदी चढेको विमान दुर्घटना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

air-india-pm-modiकाठमाडौं, २ वैशाख । विश्वका चर्चित नेता तथा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान दुर्घटना भएको खबरले विश्वभरी तहल्का मच्चिएको छ ।

इन्जिनमा खराबी आएपछि २ हजार मिटरमाथि उडिरहेको विमान झण्डै अनियन्त्रित भई खसिसकेको थियो । तर, पाइलटले तिव्र गतिमा विमानलाई कुदाएर बर्लिनको विमानस्थलमा अवतरण गरेका थिए । घटना मंगलबारको हो ।

हाल युरोप-उत्तर अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी चढेको विमानको इन्जिन विग्रिएर दुर्घटनामा परेको हो ।

अन्तर्राष्ट्रिय समाचारहरुमा जनाएअनुसार पाइलटले नजिकै विमानस्थल भएकाले सकुसल अवतरण गर्न सफल भएको प्रतिक्रिया दिएका छन् । पाइलट ज्याक फेटले भनेका छन्-‘हामी निकै माथि यात्रा गरिरहेका थियौं, एक्कासी इन्जिन विग्रिएको संकेत आयो । हामी हतारियौं । मैले धैर्य गर्दै विमानलाई तिव्र गतिमा विमानस्थल पुर्‍याएँ । नजिकै विमानस्थल नभएको भए १ मिनेटमा जे पनि हुन सक्थ्यो ।’ पाइलटको भनाई अनुसार यदी नजिकै विमानस्थल नभएको भए सायद विश्वकै चर्चित नेता भनेर चिनिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यो संसारमा रहने थिएनन् होला ।

तर पाइलट भाग्यको साथले प्रधानमन्त्री मोदी ठुलो दुर्घटनाबाट जोगिएको बताइएको छ । विग्रिएको विमान मर्मत तथा अनुसन्धानकर्ताहरुले इन्जिन पहिलेदेखि नै विग्रिएको बताएका छन् ।

पाइलट अन्य चालक दलका सदस्यहरुले जाँचबुझ नगरेरै विमान उडाएकाले दुर्घटनामा परेको निष्कर्ष निकालिएको छ । उक्त विमानको मर्मत सम्भार समेत गरिएको छ । बोइङ ७४७-४०० को विमानबाट मोदीको क्यानडा भ्रमणमा यात्रा गरिरहेका थिए ।

विशिष्ठ व्यक्तिहरुका लागि सुरक्षित यात्रायुक्त साधन प्रयोग गर्नुपर्ने भएपनि पाइलटकै कारण मोदीको यात्रा असुरक्षित बनेको समाचारमा जनाइएको छ । समाचार अनुसार दुर्घटनाको खबर फैलिएपछि पाइलटसहित चालक दलका सदस्यहरुलाई कारवाहीको तयारी गरिएको छ । कारवाही स्वरुप जागिरबाट निलम्बन गरिने छ ।

विमान विग्रिएपछि प्रधानमन्त्री मोदीका लागि लागि एयर इन्डियाले अर्को विमान नयाँ दिल्लीबाट पठाएको छ । तयारी अवस्थामा राखिएको सो विमानका चालक दलका सदस्यहरुलाई पनि बर्लिन पठाइएको हो । अर्को विमान बर्लिन पुगे लगत्तै मोदी क्यानडाका लागि प्रस्थान गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढेको विमान दुर्घटना !