१३ कार्तिक २०८३, शुक्रबार

न्यायधीशलाई ‘घुस’ नखान प्रधान न्यायाधीशको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram-Kumar-prasadजनकपुर, २ वैशाख । प्रधान न्यायाधीश रामकुमारप्रसाद साहले अदालतमा उपलब्ध स्रोतसाधनलाई अधिकतम उपयोग गरी सबै कर्मचारीले अनिवार्य रुपमा सूचना प्रविधिको प्रयोग गरी अदालतलाई ‘पोपुलर कोर्ट’ बनाउनुपर्ने बताउनुभएको छ ।

जिल्ला अदालत धनुषाको बुधबार निरीक्षण गर्दै प्रधान न्यायाधीशले समेत अनिवार्य रुपमा सूचना प्रविधिसम्बन्धी ज्ञान लिनुपर्नेमा जोड दिनुभयो । निर्देशनकै क्रममा प्रधान न्यायाधीश साहले सेवाग्राहीलाई बढीमा १५ दिनभित्र मुद्दा फैसलाको प्रतिलिपि अनिवार्य रुपमा उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

न्यायालयलाई स्वच्छ, निष्पक्ष एवम् आम जनताको सहज पहुँचको सम्बन्धमा पुनरावेदन अदालत जनकपुरका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीले जिल्ला अदालतमा कार्यरत न्यायाधीश एवम् स्रेस्तेदारलाई निर्देशन दिँदै अदालतमा कार्यरत कर्मचारीले सामूहिक रुपमा न्याय सम्पादनका क्रममा गर्नुपर्ने काम, सेवाग्राहीप्रति गर्नुपर्ने व्यवहार एवम् सबैले कम्प्युटरको ज्ञान लिनुपर्नेमा जोड दिनुभयो ।

जिल्ला अदालतका न्यायाधीश कृष्णप्रसाद पौडेलले जिल्ला अदालतको समग्र मुद्दा लगत र फछ्र्यौटको अवस्था, बिगोतर्फ कैद, जरिवाना असुली मुद्दा दर्ता प्रक्रिया, अभिलेख व्यवस्थापनको अवस्था एवम् पुरानो कामकारबाहीको सम्बन्धमा जानकारी गराउनुभएको थियो । २०७१ चैत मसान्तसम्म जिल्ला अदालत धनुषाले लक्ष्यका आधारमा ९७.४२ प्रतिशत मुद्दाको फछ्र्यौट गरेका छन् ।