१३ कार्तिक २०८३, शुक्रबार

एमाले विद्यार्थी नेताको दुर्घटनामा ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan-prasad-tiwari

दमक, १ बैशाख । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा नेकपा एमालेका विद्यार्थी नेताको ज्यान गएको छ । नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट झापाको दमकमा अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य धनप्रसाद तिवारीको मृत्यु भएको हो ।

तिवारी चढेको मे ३ प २५५१ नम्बरको मोटरसाइकललाई सोमबार साँझ साढे ७ बजे पूर्वपश्चिम राजमार्गको दमक–१६ ताराबारीमा ट्याक्टरले ठक्कर दिएको थियो ।

ट्याक्टरको ठक्करबाट तिवारीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।