१३ कार्तिक २०८३, शुक्रबार

उपप्रधानमन्त्री गौतम र कतारी प्रधानमन्त्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bamdev Gautamकाठमाडौँ, १ वैशाख । अपराध रोकथाम तथा फौजदारी न्यायसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय १३ औँँ महासभामा भाग लिने सिलसिलामा कतारको राजधानी दोहामा रहनुभएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले सोमबार अपराह्न कतारी प्रधानमन्त्री एवम् गृहमन्त्री शेख अब्दुल्लाह बिन नासेर बिन अल थानीसँग भेटवार्ता गर्नुभयो ।

त्यस अवसरमा उहाँहरूबीच दुई मुलुकबीच विद्यमान सुमधुर सम्बन्धबारे छलफल हुनुका साथै पारस्परिक चासोका विविध विषयमा विचारविमर्श भएको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

उपप्रधानमन्त्री गौतमले दक्ष नेपाली कामदारको माग बढाउन तथा नेपालको पूर्वाधार विकास तथा जलविद्युत्का क्षेत्रमा लगानी गर्न कतारको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा दोहास्थित नेपाली दूतावासका कार्यबाहक राजदूत गणेशप्रसाद ढकाल, गृह मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद ढकालको पनि उपस्थिति थियो ।