१३ कार्तिक २०८३, शुक्रबार

वर्षको अन्तिम दिन: केपी ओली धरहरा चढे, प्रचण्डले मोबाइल हेरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli
काठमाडौं, ३० चैत । सोमबार, वर्ष २०७१ को अन्तिम दिन । सबैले अन्तिम दिनलाई आ–आफ्नै तरिकाबाट विदाई गरेका छन् । स्थानीय सर्वसाधारणदेखि नेतासम्मले वर्षको अन्तिम दिनलाई भव्यताका सोमबार विदाई गरेका हुन् ।
वर्षभरी भए गरेका कामहरु सम्झिँदै, समिक्षा गरेर आमसर्वसाधारणले आजको दिनलाई समेत सम्झिएर विदाई गरिरहेका छन् । देशैभरी नयाँ वर्षको आगमनमा खुसीयाली छाएको छ । धुमधामका साथ भोली नयाँ वर्ष मनाउन तयारी हुँदैछ ।
यसैबीच नयाँवर्षको विदाई गर्न नेताहरुले पनि फरक फरक तरिका अपनाएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्ष २०७१ को विदाई गर्न राजधानीको अग्लो मानिने धरहरामा चढे ।
वर्ष २०७१ लाई सुःखद रुपमा विदाई गर्न नेता ओली सोमबार दिउँसो ४ बजे धरहरा चढ्नुभएको एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
धरहरा चढ्दै अध्यक्ष ओलीले वर्ष २०७१ सुःखद रुपमा वितेको भन्दै नयाँ वर्षको शुभकामना दिए । ‘नयाँ वर्ष देशका लागि जनताका लागि विशेष वर्ष हुनेछ । संविधान पाउने वर्ष हुनेछ,’ उनले भने ।Prachanda visit-mobile

यस्तै, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्षको अन्तिम दिन मोबाइल मेला अवलोकन गरेर वर्ष २०७१ को विदाई गरेका छन् ।

राजधानीको सुन्धारामा जारी सिटिसी मोबाइल एक्स्पोको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले अन्तिम दिनको सुःखद विदाई गरेका हुन् । उनले नयाँ वर्षको सबैलाई शुभकामना पनि दिए ।

Prachanda visit-mobile3

यस्तै, नेकपा एमालेका वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधव नेपालले स्वदेशी बस्तु प्रवर्धनका लागि आयोजना गरिएको मेड इन नेपाल मेलाको भृकुटीमण्डपमा अवलोकन गर्दै वर्षको अन्तिम दिनको विदाई गरेका छन् ।

प्रायजसो राजनीतिक कार्यक्रममा व्यस्त हुने नेताहरु अन्तिम दिनमा अन्य कार्यक्रममा सहभागी भएर सफल रुपमा वर्ष २०७१ को अन्तिम दिनलाई विदाई गरेका छन् ।

दुबै नेताले मेलाको अवलोकन गर्दै नयाँ वर्षको उमंगले नेपाली समुदायलाई एकजुट हुन प्रेरित गर्ने बताउँदै नयाँ वर्षमा प्रगतिको कामना गर्दै शुभकामना दिए ।

अन्य नेताहरुले पनि वर्षको अन्तिम दिनको सफल रुपमा विदाई गरेर नयाँ वर्षको शुभकामना दिएका छन् ।