– अनिल खत्री
गुल्मी ३० चैत । स्वास्थ्य तथा जनसख्या मन्त्री खगराज अधिकारीले सहमतिमै संविधान जारी गर्नको लागी सबैको जोडबल त्यसमै रहेको बताउनुभएको छ ।
गुल्मी जिल्लालाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गर्न सोमबार तम्घास आईपुग्नुभएका मन्त्री अधिकारीले प्रेस चौतारी गुल्मीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताउनुभएको हो ।
उहाँले सहमतिमै संविधान निर्माण गर्नका लागि अत्याधिक वार्ता र लचकताका साथ राजनीतिक दलहरु अगाडी बढेको बताउनुभयो । सहमति र सहकार्यका लागि अधिकतम प्रयास भईरहेपनि यदी कसैले सहमति नगर्ने कसम खाएको भए ग्राहो हुने तर्क मन्त्री अधिकारीको थियो ।
उहाँले संबैधानिक राजतन्त्रका पक्षमा र संघियता हुदैँ हुन्न भन्ने मतपनि रहेको कारण ति दुबैका पक्षमा सहमति कसरी गर्ने भन्ने अर्को समस्या रहेको बताउनुभयो ।
मन्त्री अधिकारीले रवण तन्काउने नचुँडिने बेला सम्म भएको बताउँदैँ रवण नचुडिदाँ सम्म रबर तन्काउन आफुहरु तयार रहेको बताउनुभयो ।













प्रतिक्रिया