काठमाडौं, २९ चैत । सुन्धाराको सिटिसी मलमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोलाई भब्य बनाउन बिभिन्न मोबाइल कम्पनीहरुले मनोरञ्जनात्मक गतिबिधीलाई तिब्र बनाएका छन् ।
सामसुङ मोबाइलले सिटिसी मलको ग्राउण्ड फ्लोरमा फुस्टल प्रतियोगिता गराउँदै बिजेताहरुलाई आकर्षक उपहार प्रदान गर्दै आइरहेको छ ।
यसैगरी माइक्रोम्याक्स मोबाइलले पनि ग्राउण्ड फ्लोरमा क्रिकेट प्रतियोगिता गराउँदै बिजेतालाई कम्पनीको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्दै आएको छ । क्रिकेटका राष्ट्रिय खेलाडीहरुसँग बलिङ गर्ने अबसर प्रदान गरिने दैनिक कार्यक्रम रहेको माइक्रोम्याक्स मोबाइलले जनाएको छ ।
यसैगरी मलको बाहिरी भागमा बिभिन्न मोबाइल कम्पनीहरुले चेयर्स लेडी मार्फत आकर्षक नृत्य प्रस्तुत गरिरहेका छन् । सिटिसी मोबाइल बजारले नयाँबर्षको अबसर पारी एक्स्पोमा सहभागी सबैलाई लक्की ड्र मा समाबेश गर्दै प्रत्येक घण्टा एउटा मोबाइल बितरण गर्दै आएको छ ।
दैनिक एक्स्पोमा आउने अवलोकनकर्ताहरुको बीचमा लक्की ड्र गर्दै ७ वटा मोबाइल लक्की ड्र मार्फत दिइरहेको बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताउनुभयो ।
‘सूचना प्रबिधीको नयाँ आधार सबैका लागि सिटिसी मोबाइल बजार’ भन्ने मुख्य नाराका साथ सञ्चालनमा ल्याइएको यस मोबाइल बजारको ग्राण्ड ओपनिङको अबसरमा गरिएको सिटिसी मोबाइल एक्स्पोमा अबलोकनकर्ताले मोबाइल खरिद नगरिकनै लक्की ड्र मा भाग लिन पाउने भएकै कारण पनि भीडभाड बढेको हो ।
यसैगरी यस मोबाइल एक्स्पोमा भाग लिएका स्टल मध्ये ग्रीन एप्पलले बेलुन फुटाउनुस् आकर्षक उपहार लैजानुस भन्दै रोमाञ्चक कार्यक्रम राखेको छ । मलको चौथो तल्लामा रहेको डिजिटल इलेक्ट्रोनिक्सले आफुसँग रहेको स्टक मोबाइलमा २० प्रतिशत सम्म छुट प्रदान गरेर बिक्री गरिरहेको जनाएको छ ।
यस्तै, सिटिभी मोबाइलले मोडल हेरि ५० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ । यस्तै सिटिसी मलको चौथो तल्लामा रहेको बेस्ट मोबाइल सपले सम्पूर्ण एशोसिजको खरिदमा २० प्रतिशत सम्म छुटको ब्यबस्था गरेको छ । एक्स्पोमा सहभागी प्राय सबै कम्पनीहरुले ब्यापार बढाउन बिभिन्न छुटका अफरहरु ल्याएका छन् ।
ग्रे बाटो बाट आएका कुनै पनि मोबाइलको कारोबार नगर्ने लक्षका साथ सुरु भएको सिटिसी मोबाइल बजारले मोबाइल खरिदकर्तालाई मोबाइल खरिदपछि भ्याट बिललिन आग्रह गरेको छ भने ढुक्क भएर बजारमा मोबाइल खरिद गर्न अनुरोध गरेको छ ।
डेढ दर्जन मोबाइल कम्पनीहरुले गरेका छुट अफर, बिभिन्न कम्पनीहरुले गरेको मनोरञ्जनात्मक कार्यक्रम, निःशुल्क प्रवेशसंगै लक्की ड्र मा समाबेश हुन पाउने, आधुनिक प्रबिधीका मोबाइलको प्रदर्शन, टच एण्ड फिलगरी उत्पादनका बारेमा जानकारी लिन पाउने, मोबाइलका आधुनिक र पछिल्ला उत्पादनको जिज्ञासाको समाधान गरिने भएकै कारण सिटिसी मलमा जारी मोबाइल एक्स्पोमा सर्बसाधारणको भीड लागेको बजारले जनाएको छ ।
छरिएर रहेको पसलमाभन्दा एकै छानामुनी धेरै कम्पनीहरुको सहभागिता भएको, १ सय भन्दा बढी स्टलले भाग लिएको यो एक्स्पोमा आउन सर्बसाधारणलाई बजारले आव्हान गरेको छ ।
एक्स्पो सुरु भएको दोस्रो दिन सम्ममै १ करोड भन्दा बढीको कारोबार भएको तथा ७० हजार भन्दा बढीले मेला अबलोकन गरेका कारण हाम्रो मेला सफलतातर्फ अगाडी बढीरहेको सिटिसी मोबाइलबजारका महासचिब केशब राज लुइँटेलले बताउनुभयो ।
पहिलो दिन र दोस्रो दिनसम्म १ करोड भन्दा बढीको कारोबार भएको र तेस्रो दिनको कारोबारको रेकर्ड चौथो दिनजानकारी गराउने कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिनुभयो । तुलनात्मक रुपमा तेस्रो दिन अबलोकनकर्ताको उपस्थिती बढी रहेको बजारले जनाएको छ ।

































प्रतिक्रिया