कतार । घरपरिवार संगै आफ्नो श्रीमानलाई समेत स्वदेशमै छाडेर वैदेशिक रोजगारीमा कतार गएकी एक युवती पर पुरुषसँग ‘लभ’ परेपछि अप्ठेरोमा परेकी छिन् ।
करिब २ वर्ष अगाडी वैदेशिक रोजगारीका लागि कतार पुगेकी मकवानपुरकी रिना थापामगरको अर्कै पुरुषसँग ‘लभ’ परेपछि आफ्ना श्रीमानलाई ‘सरी’ भनेकी हुन् ।
सफाइ मजदुरका रुपमा काम गर्दै आएकी रिनाको कतारमै सेक्यिुरिटी गार्डको पदमा कार्यरत कास्कीका श्याम थापासँग ‘लभ’ परेको थियो ।रिनाले आफूले ‘लभ’ गरेर गल्ती गरेको भन्दै टेलिफोन गरेर आफ्नो पतिसँग उनी आँसु चुवाएर धरीधरी रोएकी पनि थिईन् ।
रिनाले रोएको सहन नसकेर उनका श्रीमान सञ्जय थापाले उसैसँग विहे गर, मलाई कुनै आपत्ति गुनासो छैन सम्म भने । रीना र उनका प्रेमी श्यामले रिनाका पतिलाई फोन गरेर आफुहरुले गल्ति गरेको भन्दै रुदै फोन गरेर आत्महत्या गर्न लागेको बताएका थिए । तर, सञ्जयले विहे गरेर बस । आत्महत्या नगर भनेका थिए ।
सञ्जयको यस्तो उदार मनबाट आएको शब्दलाई त्यागलाई उनीहरुले मानेनन् । अन्ततः रीना र उनका प्रेमी श्याम कतारको एक होटलमा मृतअवस्थामा भेटिएका छन् ।
कतारकै हमाद अस्पतालमा उनीहरुको शव राखिएको जनाइएको छ । पतिलाई आत्महत्या गर्छु भन्नु र दोस्रो दिन मृत अवस्थामा फेला पर्नुले आत्महत्या गरेको अनुमान गरिएको छ । तर, घटना आत्महत्या नै हो होइन भन्नेबारे अनुसन्धान भइरहेको छ ।
वैदेशिक रोजगारीका लागि कतार गएकी रिना र श्यामबीच एकै कम्पनीमा काम गर्दागर्दै ‘लभ’ परेको थियो । रिनाका प्रेमी श्यामले एसएमएस गरेर सञ्जयसँग माफी माग्दै आत्महत्या गर्न लागेको जानकारी दिएका थिए ।
















प्रतिक्रिया