– रामसुन्दर आचार्य
काभ्रे, २८ चैत । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले एमाओवादीकै कारणले समयमै संविधान निर्माण हुन नसकेको आरोप लगाउनु भएको छ ।
संविधान निर्माणको अधिकाशं बिषयमा सहमती भैसकेको समयमा एमाओवादीकै आन्दोलनले केही समय रोकेको स्पष्ट पार्नु भएको हो ।
उहाँले संघियता र केही विवादित बिषयमा सहमति गराएर जेठसम्ममा संविधान कुनै पनि हालतमा जारी हुने जिकिर समेत गर्नुभयो । उहाँले जेठ भित्र कुनै पनि हालतमा संविधान जारी हुने दावी गर्नुभयो ।
उपाध्यक्ष भण्डारीले ३० गते सम्म सहमति भए सहमतिबाट र नभएमा प्रक्रिया बाटै संविधान कुनै पनि हालतमा जारी गर्ने आफ्नो पार्टीको नीति रहेको स्पष्ट पार्नुभयो ।
संविधान निर्माण प्रकृयाको ढिलाइले देश आर्थिक रुपमा पछि हट्दै गएकोले देशको आर्थिक उन्नति र प्रगतिका लागि संविधान समय मै जारी गर्नुपर्ने दायित्व नेताहरुमा रहेको जिकिर गर्नुभयो ।
उहाँले नेपालमा पर्यटनको सम्भावनालाइ एउटा गुरु योजना बनाएर अगाडी जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा संघ नेपालका सचिव एव युथ फोर्स प्रमुख चन्द्र लामाले युवा संघ पार्टी कै निर्देशन अनुसार चल्नु पर्ने भएकाले कतिपय स्थान कार्यकर्ताहरुलाइ भएको हेपाइ सहेर बस्नु पर्ने बाध्यता भएकोमा दुःख पोख्नुभयो ।
एमाले केन्द्रीय सदस्य ईश्वरी रिजाल, नेता गोकुल बाँस्कोटा, भीम न्यौपाने, सुरेश हुमागाई, युवा संघ काभ्रेका अध्यक्ष राकेश लामा लगायतले युवा संघले पार्टीमा खेल्नु पर्ने भुमिकाको बारेमा चर्चा गर्नुभएको थियो ।













प्रतिक्रिया