३० आश्विन २०८३, शुक्रबार

लोग्ने पैसा कमाउन विदेशमा, स्वास्नी मस्ती गर्न प्रहरी जवानको अँगालोमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex-Nepalखोटाङ, २८ चैत । खोटाङमा अर्काकी स्वास्नीसँग अवैध सम्बन्ध राखेको आरोमा नेपाल प्रहरीका जवान फन्दामा परेका छन् ।

लोग्ने वैदेशिक रोजगारीमा गएको बेला अर्काकी स्वास्नीसँग अवैध यौन सम्बन्ध राखेको आरोपमा दिक्तेल नगरपालिका–२ का ४८ वर्षीय तुलसीराम आचार्यलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय एक व्यक्तिले अर्काकी स्वास्नीसँग यौन सम्पर्क गरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक डिएसपी विनोदराज खरेलले अवैध सम्बन्ध राखेको आरोपमा आचार्यलाई पक्राउ गरेको जानकारी दिनुभयो ।

आरोपि आचार्यलाई प्रहरीले हिरासतमा राखेर कानुनी कारबाही सुरु गरेको छ । पक्राउ परेपछि आचार्यले आफूहरुबीच सहमतिमा यौन सम्बन्ध हुँदै आएको प्रहरीलाई बयान दिएका छन् ।

कानुनी परामर्शपछि मात्रै आचार्यविरुद्ध कुन मुद्दा चलाउने भन्ने विषयमा टुङ्गो लाग्नेछ डिएसपी खरेलले बताउनुभयो । लोग्ने विदेशमा रहेका बेला परपुरुषसँग मस्ती गर्ने महिलाको जिल्ला अस्पताल खोटाङमा स्वास्थ्य परीक्षण गर्दा यौन सम्बन्ध राखेको पुष्टि भएको छ ।