२९ आश्विन २०८३, बिहिबार

छुटैछुटको अफरले सिटिसी मोबाइल एक्स्पोमा ग्राहकको भीड, २ दिनमा ६० हजारले अवलोकन गरे, १ करोड बढीको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung-3काठमाडौं, २८ चैत । राजधानीको सन्धारास्थित सिटिसी मलमा बहुप्रतिक्षीत सिटिसी मोबाइल बजारमा जारी सामसुङ ग्यालेक्सी जे १ मोबाइल एक्स्पोमा दुई दिन भित्र ६० हजार भन्दा बढी ग्राहकले अवलोकन गरेका छन् ।

मेलाको दोस्रोदिन सम्म १ करोड बढीको कारोबार भएको सिटिसी मोबाइल बजार प्रालिका कोषाध्यक्ष मनोज मानन्धरले जानकारी दिनुभयो । पहिलो दिन बजार समुद्घाटन सँगै २१ हजार अवलोकनकर्ता मार्फत ३० लाख बढीको कारोबार भएको र दोस्रो दिन ३९ हजार भन्दा बढी मोबाइल पारखी मेलामा उपस्थित भएको र ७१ लाख भन्दा धेरैको कारोबार भएको कोषाध्यक्ष मानन्धरले जानकारी दिनुभयो ।

samsung-2मोबाइल एक्स्पोमा सबैभन्दा बढी सामसुङ ग्यालेक्सी जे १ मोबाइलको कारोबार भएको र त्यसको माघ अनुसार उपलब्ध गराउन कठिन भइरहेको अबस्था रहेको जानकारी गराउँदै सकेसम्म सर्बसुलभ बनाउने प्रयत्नमा रहेको बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले बताउनुभयो । सामुङ अलाबा अन्य कम्पनीका मोबाइलको कारोबार सोचेभन्दा राम्रो रहेको मेलामा सहभागी ब्यबसायीले बताएका छन् । मेलामा मध्यम रेन्जका स्मार्टफोनको कारोबार सबैभन्दा बढी रहेको ब्यबसायीले बताएका छन् ।

२२ जना व्यवसायीले संयुक्त रुपमा सञ्चालन गर्ने सिटिसी मोबाइल बजार प्रालीले बजार शुभारम्भको अवसर पारेर छुटैछुट सहितको मोबाइल एक्स्पोको समेत आयोजना गरेको हो ।

samsung-1सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिप मान श्रेष्ठले मोबाइल बजारमा चोरीका मोबाइललाई पुर्णतः निशेध गरिएको बताउनुभयो । अध्यक्ष श्रेष्ठले सिटिसी मललाई मोबाइल हबका रुपमा विकास गर्ने योजना सुनाउँदै न्युनतम मुल्यमा ब्राण्डेड मोबाइलहरुको कारोबार मार्फत छोटो समयमा उपभोक्ताको निर्विकल्प बजारका रुपमा स्थापित हुने दावी गर्नुभएको छ ।

samsungबैशाख ५ गतेसम्म सञ्चालन हुने मेलामा १४ वटा मोबाइल कम्पनीका सर्भिस सेन्टर, एक सय वटा मोबाइल पसल, फुडकोर्ट लगायतको सहभागिता रहेको छ । सिटिसी मलको भुईतल्लामा बिभिन्न मोबाइल कम्पनीहरुले फुटसल, क्रिकेट लगायतका प्रतिस्पर्धा गराई आकर्षक पुरस्कार प्रदान गरिरहेको सिटिसी मोबाइल बजारका महासचिव केशबराज लुइँटेलले जानकारी दिनुभयो ।

– उपभोक्तालाई छुटैछुटको बहार
सुचना प्रबिधीको नयाँ आधार, सबैको सिटिसी मोबाइल बजार भन्ने नारा सहित मेलाको आयोजना गरिएको हो । नझुक्याउने, पक्का पर्ने उपहार स्किमसहित ८ देखि ५५ प्रतिशतसम्म छुटको व्यवस्था सहित बजारले हरेक घण्टा क्यासब्याक अफर र लक्की ड्र गर्दै आएको छ ।

बजार शुभारम्भको दिन क्यास ब्याक अफर मार्फत छुट पाउने मोबाइल खरिकर्तालाई लक्की ड्र सँगै खबर गरि प्रत्यक्ष जानकारी इिएको थियो ।

– कम्पनीहरुको छुट अफर

मेलामा सहभागिता जनाएको भिडियोकोन मोबाइलले प्रत्येक स्मार्टफोनको खरिदमा एउटा आकर्षक भिडियोकोन कम्पनीकै हाते घडी निशुल्क उपलब्ध गराएको छ भने प्रत्येक सिडिएमए मोबाइल सेटको खरिदमा सिडिएमए सीमकार्ड उपलब्ध गराउँदै आएको छ । साथै कम्पनीले प्रदान गरेको सीममा रु २ सय बराबरको टकटाइम मासिकरुपमा १ बर्ष सम्म बोनस स्वरुप आउने कम्पनीका मेनेजर प्रमेश घिमिरेले जानकारी दिएका छन् ।

samsung-7रेज मोबाइलले आफ्ना २२ वटा मोडलको कारोबार गर्दै प्रत्येक रेज मोबाइलको खरिदमा एक वटा ल्यापटप ब्याग, फोनको मोडल हेरि ४, ८ र १६ जिबीको मेमोरी कार्ड बितरण गर्दै आएको छ । मोबाइल एक्स्पोभरी रेज मोबाइलले ८ देखि ४० प्रतिशत सम्म छुट दिनेछ ।

यसैगरि माइक्रोम्याक्स मोबाइलले एक्स्पोमा क्रिकेट प्रतिश्पर्धा गराउँदै बिभिन्न गिफ्ट, लक्की ड्र, क्रिकेट बल, ब्याग, फ्रि मेकअप सहित ४ वटा नयाँ मोडल लंच गर्नेछ । यसैगरि सेल्कन मोबाइलले आफ्नो मोडल क्यु ५ र क्यु ४५५ को खरिदमा सेल्फी स्टिक प्रदान गर्दै आएको छ ।

यस्तै बर्ड मोबाइलले प्रत्येक मोबाइल खरिदमा टिसर्ट प्रदान गरेको छ भने मोबाइल खरिद सँगै लक्की ड्र मा समाबेश गरि र लक्की ड्र मा एलइडि टिभी, ल्यापटप र मोबाइल बितरण गरिने जनाएको छ ।

यसैगरि किन्जीन्डा मोबाइलले पहिलोपटक सिटिसी मोबाइल बजारमा रिस्ट वाच मोबाइल डब्लु ३ को लंच गरि ४ हजार ३ सयमा उपलब्ध गराउँदै एकवटा ब्लुतुथ फ्रिमा दिएको छ ।

यस्तै, कलर्स मोबाइलले आफ्ना ६ वटा मोडल के १५, एक्स ११८, एक्स १३५, एक्स ११३ प्लस, एक्स ११४ र के २० को खरिदमा ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म स्क्राच कुपन मार्फत मोबाइल खरिद गर्ने लाई पक्का पर्ने जनाएको छ । यो बाहेक अन्य मोडलमा रु १ सय देखि १ लाखसम्म पर्ने जनाएको छ ।

samsung-4 samsung-5 samsung-6  samsung-8 samsung-9 samsung-10 samsung-11 samsung-12 samsung-13