काठमाडौँ, २८ चैत । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको वातावरण बनिरहेको बताउनुभएको छ ।
उद्योग वाणिज्य दिवस-२०७१ मा नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीको सम्मानमा प्रधानमन्त्री निवासमा आयोजित चियापान कार्यक्रममा लगानीको बातावरण बनिरहेकाले आत्मविश्वासका साथ काम गर्न आग्रह गर्नुभयो ।
मुलुकमा दिगो शान्ति, स्थायित्व, सुशासन, कानुनी राज्य र लोकतान्त्रिक शासन पद्धति कायम हुने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘यो अवसर पनि गुमायौं भने नेपालमा लगानी गर्न कोही आउने छैन ।’
उहाँले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र संविधान आउने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी वार्ता गरिरहेका छौँ । विवादित विषयहरु सहमति निकट पुगेका छन् । मलाई विश्वास छ, हामी सफल हुन्छौँ । संविधान आउँछ, आउँछ ।’
नेपाली काँग्रेस र सत्तासमर्थित राजनीतिक दल संविधान निर्माणमा अत्यधिक लचिलो भएको प्रधानमन्त्री कोइरालाको धारणा छ ।












प्रतिक्रिया